०१ कार्तिक २०८१, बिहिबार

तीन लाख मूल्य बराबरको अवैध चिनियाँ मदिरा बरामद

Khabarsabaiko शुक्रबार, साउन १६, २०७७

हुम्ला– डाँडाफयाबाट सिमकोट बजारतिर ल्याउँदै गरेको तीन लाख बराबरको ३८ कार्टुन अवैध चिनिया मदिरा साउन १५ गते रात्ती सिमकोट लाग्ना नजीकैबाट प्रहरीले बरामद गरेको छ ।

कोरोना कारण हुम्लाको उत्तरी नाका आधिकारीक रुपमा बन्द भए पनि सीमा वारपार अवैध कारोवार गर्नेहरुका लागि यो बेला राम्रो व्यापारिक आम्दानी भएको सीमा वारपारका स्थानीयहरुले बताउने गरेका छन् ।

फोनमार्फत मोलमोलाई गरेर यताको सामान उता उताको सामान यता ओसारपसार गर्ने गरेको जानकारी आइरहेको बेला सदरमुकाम सिमकोटतिर रात्रीको समय पारेर ल्याउँदै गरेको अवैध चिनियाँ मदिरा ३८ कार्टुन सुरक्षाकर्मीले सिमकोट लाग्ना क्षेत्रबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

३८ कार्टुनमा चार सय ५६ बोटल रहेको पाइएको छ । यो हालको बजार मूल्य अनुुसार करीब तीन लाख रकम बराबरको हुन आउँछ । यस अघि पनि हुम्लाको सदरमुकाम सिमकोटको अर्को नाका दोजाम क्षेत्रबाट पनि अवैध चिनिया मदिरा बरामद गरिएको थियो ।

पछिल्लो समय हुम्लासँग जोडिएका उत्तरी नाकाबाट व्यापक रुपमा अवैध चिनिया मदिराको कारोबार बढे पनि सम्बन्धीत निकाय मौन रहनु सोचनीय पक्ष देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्