About Contact Links
Close
बिज्ञापन
जलारी बुढी माझिदाइ माछा र सहर

Khabarsabaiko शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

दिनभरी गाउमा गुजारा गर्दा पनि
केही फजुल खर्च नगर्दा पनि
आफ्नै पेशाबाट जीवननिर्वाह नभएर
नाइटड्युटी गर्न सहर आइरहेको
कुनै गरिब अनुहार हो
यो बेरोजगार पात्रको
एउटा अति निम्नस्तरको
बिचारा!जलारी माझीदाइको
यो लामो लकडाउनमा
बिचरा गरिबहरुले के खाउन ?
माछाका भुराभुरिहरु झै
कलिलो अनुहार भएका
आफ्नै छोरोछोरिहरु
सुतिरहेको ओछ्यानबाट
झुलहरु झिकेर
काँधमा गन बोकेर
लाहुर हिडिरहेका सिपाहीहरु झै
या,काधमा कोदाली भिरेर हिडिरहेका
मज्दुरहरु झै
माझीदाइ भर्खर झुल भिरेर
बिलकुल खोलाको किनारमा दौडिरहेछन
अब हेरौ माझी दाइले के गर्छन ?
झुल उस्कै पुरानो सपनाहरु झै
धुजा धुजा भएर त्यतिएको छ
र ठाउँ ठाउँमामा गाठो पर्ने गरि
बिश्वासका धागाहरुले सिलाएको छ
हेरौ माझीको दाइको त्यो जालमा
आज कति माछाहरु पर्नेछन
अब हेरौ माझी दाइले के गर्नेछन?
 कुनै महङ्गो झुल जस्तै दरिलो
यो लकडाउन सबैले माने
ठुलठुला जमिन्दारहरुले माने
सरकारले मान्यो
सबै सबै धनिमनिहरुले माने
व्यापारीहरू माने
तर,बर्सौ बर्सदेखि जलारी दाइ
गरिबिको जालोमा बेरिएको छ
भोकमरिको भुमरी परेर बन्धक बनेको छ
कोरोनाको माहामारी फैलिएसङ्गै
यो लकडाउन
ठुलठुला काजीहरुले माने
तर,अफसोच कैले पनि माझीहरुले मानेनन
सायद,यसैले पनि उस्ले आजसम्म पनि
लकडाउन मानेको छैन
किनकी, लकडाउन मानेको भोलिपल्टै
उस्ले आफ्नु परिवारको अनुहार देख्न पाउदैन ।
धिक्कार छ सरकार
कोरोना औषधि उपचारको नाममा
मन्त्रीले करौडौको भ्रस्टचार गर्यो
तर उस्को अनुहार कहि पनि छपिएन
नत गद्दारहरुलाइ गिरफ्तार नै गरियो?
जब माझि दाइ महाकाली नदि तर्यो
तब उस्लाइ त्यही दोभानमा रोकियो
जब त्यहाँ टेक्नलाई एकमुठ्ठी माटो थिएन
जब उ राहत बाड्दै छ भने खवर थहा पाएर
दिनभरी भोको पेट लगाएर
गार्डहरु झै गरेर
उ नगरपालिका कार्यालयको गेटमा उभियो
सुन्को सिक्री र लेदरको ज्याकेट लाएर
गुन्डाहरु कारमा आएर
उस्लाइ त्यही गेटबाट हटाएर
गाडीभरी भारी झोला र राहतका प्याकेटहरु लिएर गए ।
उ आधारहिन अनि कुहिएका आहारहरु लिएर
गाउँ फर्कियो र भोलिपल्ट
अखबारमा यो समचार छापियो कि
“सरकारद्वारा
निम्नबर्गिय गरिबहरुको उद्दार”
र यदि जलारी माझी दाइलाइ
कालापानीको मुहानमा माछा मार्न पठाउने हो भने
जरुर,त्यहा कुनै बहादुर शैनिक चाहिनेछैन
जलारी दाइ आफैमा एउटा निर्भिक
अनि क्रान्तिकारी कमाण्डर हो
जस्ले कम्मरमा भिरेको छ
माछा मार्ने हतियारहरु
र गोजिमा बोकेको छ भुरा काट्ने छुराहरु
उ बाघ र अजिङ्गगर  हो,
जस्ले आफ्नु आहारहरुलाई
चारो उनेर बल्छि थाप्न जानेको छ
उ जलचर हो ,
जो बर्सौदेखि समुन्द्रमा ओछ्यान लगाएर सुतेको छ ।
कसम यदि माझिदाइ लाइ महाकालिको किनारमा
राखियो भने
जमिन्दार पाजी
त्यो दलाल भारतको हालत
सायद,माछाहरु झै गरेर उस्को झालमा परेर
त्यो सिकार भएर त्यही सकिनेछ ।
तर,अफसोच माझिहरुलाई
त्यहा कैले पनि राखिने छैन
किनकी,उ सरकारको कुनै मान्छे हैन ।
जलारी दाइ
भोकमारिले पेटमा कुदिरहेका
मुसाहरु सङ्गै
बेरोजगारिको आगोहरुमा पिरोलिरहेका
आखाहरुबाट खसिरहेका
आसुका तलाउहरुमा नाउ हालेर
सप्तकोशी, त्रीसुली ,अनि सुनकोशी नदि
र आन्द्रा महासागर जस्तै
गहिरा तिनै आखाका ढिलहरुबाट
बर्सिरहेका आसुका भेलबहावहरुमा तैरिएर
मनको अनन्त गहिराइ
अनि भावको ढुङ्गाहरुमा पौडिएर
कसैलाइ कल्पिएर आफ्नु जिवनसाथिलाइ सम्झिएर
टोलारहेको कुनै कवि झै
बर्सौदेखी नदिकिनारमा रमाइरहेको छ माझिदाइ ।
वारि पारी नाउ थापेर आफ्नै रहरका लामा लस्करहरु झै
नदिका लम्बाइहरु मिटरमा नापेर
जलारी माझीदाइ
आफ्नै भाग्यको भुमरीलाई घेरेर
झरिमा पनि दिनभरी बकुल्लाहरु जसरी
नदिका हरेक छालहरुलाइ हरेर
अनि रुघेर जिन्दगिभर किसानका खेतगराहरुमा
उघेर स्थिर उभिरहेको बुख्याचाहरु झै
आफ्नै आँसुको विशाल तालमा जाल हानेर
अनि निधारको तक्दिरलाइ बेरेर
बर्सौदेखि लगातार
त्यही किनारमा उभिरहेछ
माझिदाइ
आफ्नै आखाको आसुमा डुबिरहेछ ।
र फेरि उक्लिर अलिकती माथी
नाउहरुबाट जुवा जस्तै
जिवनमरणको दोधारमा दाउ भरेर
कुनै दाबेदार खेलाडी झै गरेर
माझिदाइले आफ्नै आखै अघाडी
चिसा हातहरुले फुत्त फ्याकिरहेछन
नदिमा झुलहरु !
हेरौ ती झुलहरुमा आज कति हुल माछाहरु पर्नेछन ?
यदि,झुलभरी पर्यो भने
जरुर रमौलान कोहि
तिनै माछाहरु झै गरेर बच्चाहरु उफ्रीरहने छन
घर आगनहरुमा
तर,अफसोच झुलमा एउटा पनि बिलकुल परेन भने
यो पक्का छ कि
तिनै च्यातिएका नाङ्गा झुलहरु झै गरेर
उस्का भुराहरु भोकमरिमा परेर मर्नेछन .
बर्खे झरीमा
मछ्लिहरुको कारोवार गरेर
जसोतसो त्यस्ले उस्को बुढी र
भुराभुरिहरुको भुढी त भर्ला?
तर अफसोच खडेरी परेर
यी नदिनाला र तलाउहरु सुक्यो भने
जलारी दाइले के गर्ला?
सिद्राहरुको ब्यहपार गरेर मात्र
माझिदाइका सबै सपनाहरु त सकार हुदैन
र मझिदाइको पूरा परिवार
र घरब्यहवारहरु
माछाहरुको ब्यहपारले मात्र चलेको छैन ।
सडककिनारमा माछा बेचेर
परिवारको भुँडी भर्छ
जलारी माझी दाइ
र पाए सरसफाइको काम पनि गर्छ
सप्तकोशीदेखि इटहरी सहर धेरै पर छैन
सुनकोशीनदि देखि धुलिखेल धेरै टाढा छैन
अनि बक्राहानदीको पुलदेखी
उर्लावारी धेरै टाढा छैन
र त्यो त्रीसुलिदेखि काठमाण्डु धेरै टाढा छैन
यस्तै केही सपनाहरु बोकेर
गाउको जलारी गुढी माझी दाइ
माछाको अन्द्राभुँडी केलाएर
झुलहरुमा राखेर अनि पैदल हिडेर
तिनिहरुलाई बिस्वबजारसम्म पुर्याउछ
र यो सारा सन्सारलाइ
बिकासी ताजा र लोकल माछाहरु खुवाउछ
सहरका हरेक 5 स्टार होटल
र डान्सबारसम्म पुर्याउछ
निगार र रक्सिका बोतलको नजिकै पुर्याउछ
नदिकिनारका माछाहरु
भट्टिको भान्सा र किचनमा पुर्याउछ
अनि सागरका ति सस्ता माछाहरु
र उ यो
देसभरका हर सेकुवा कर्नरहरुमा पुर्याउछ
उस्को कलिलै उमेरमा
जलिरहेको जवानी जस्तै गरेर
तातो भुङ्गग्रोहरुको धुवा घर
र सेकुवा कर्नरहरुमा सेकाएर
उस्को बदनको बोशोहरुको शितनहरुसङ्गै
जहाँ ,पस्किएर तिनिहरु कुनै दिन प्लेटहरुमा पुग्नेछन
महङ्गो रेटहरुमा पुग्नेछन
कुहिएका फोहोरको पोकाहरु झै
दुर्गन्ध गुनगुनाइरहेको
भट्टि र बेस्यालयका हरेक कोठाहरुमा पुग्नेछन
र जहाँ ,सन्नि लियोनीका सङ्गहरुसङ्गै
उफ्रीरहेका हुनेछन
केही बेस्या र धनाड्य डनहरु
डिस्को डान्स बारमा पैसा फ्याक्दै
र तिनै बेस्याहरुसङ्गै
हातहरु हल्लाएर छेबैमा उफ्रीरहेको हुनेछ
खुद यो देसको कुनै एक नामुद नेता ।
सबै सबै मिठास स्वादमा
र नसालु ओठहरुसङ्गै जेहेरिला जिब्रो पढ्काएर
तेलमा तारितारीकन माछा खाइरहेका हुनेछन
दरवारमा बत्तिहरु निभाएर अन्धकारमा
मधुमास मनाइरहेका हुनेछन एकनाश
सबै सबै आफ्नै सुरमा हराइरहेका हुनेछन
र एकसाथ रमाइरहेका हुनेछन
महङ्गो माछा खाएर
र त्यही रात रित्तो रक्सिका बोतलहरु बोकेर
टेवलको सबैभन्दा मुनि उभिएर
किचनको पछाडी पट्टि फर्किएर
कुनै कुकुर झै
त्यही माछाको काढा चपाइरहेको हुनेछ
जलारी माझीदाइ ।
होटलको सबैभन्दा तलको
कर्मचारी भएर
भाडा माझ्न आइरहेको हुनेछ ।
                                         ✍️ सुजन बुढाथोकी 
                                         रतुवामाइ,मोरङ्ग 
रचना मिति २०७७/०३/०९
©  कोरोना भाइरस महामारिको बेला भारतबाट भागेर लकडाउनमा कर्णाली र महाकाली नदि तरेर स्वदेस आएका नेपाली मज्दुर र लकडाउनमा निम्नबर्गहरुले राहत नपाएको प्रसङ्ग सङ्ग दाजेर जलारी माझिदाइलाइ अनेक चरित्रको एक पात्रको रुपमा उभियाएको हो ।
यो रचना मार्फत गरिब मज्दुरको बाध्यता अनि दयनियता र ऐलेको समाजमा उस्को यथार्थ अबस्था??
र सङ्गै केही पुजिबादी नेत्रीत्व र दलाल ब्यवस्थाहरुले उस्को घाँटी निमोटिरहेको तथा सामाजिक कुरितिबिकृती र  बेथितिहरुले उस्लाइ गरिरहेको दुर्ब्यहवार र त्यस्ले उमाथी परिरहेको अन्याय र अत्याचारहरुलाइ पर्दाफास गर्न खोजिएको हो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७