०२ जेठ २०७९, सोमबार

मेरो काका भाइ र म

Khabarsabaiko शनिबार, साउन २४, २०७७

मेरो काका दिनभरिको व्यापार सकिएपछी

प्राय:हरेक रात

र साझ
जसरी भए पनि चोकको भट्टी जानूहुन्छ
र लमतन्न हुनगरी
टन्न रक्सी खानु हुन्छ ।
घरमा ल्याएर खादा हुदैन
उहालाइ भट्टि जानै पर्छ
र रक्सी खानै पर्छ ।
होटलमा
बोतलका पानीभित्र छिरिसकेपछी उहाँलाइ
तरुनिहरुका खारिएका जवानी पनि चाहिन्छ ।
आफ्नु ब्यहपार बिर्सिनुहुन्छ
अन्कलले परिवार बिर्सनुहुन्छ
त्यो पसल पसिसकेपछी
आफ्नु सारा सन्सार बिर्सिनुहुन्छ ।
रातमा,
चोकका ति रङ्गिन भट्टी गएपछि
कैले कहि त
उत्तै हराएर सात दिनसम्म पनि
घर फर्किएर आउनुहुन्न
मेरो अर्काकि श्रीमतिलाइ हेरेर
उतै हराउनुहुन्छ ।
त्यस्तै,
मेरो एउटा भावुक भाइ छ
उ एउटि सुन्दर युवतिलाइ
अति मनपराउछ
हरेक दिन
उ मेरो घर आउछ
अनि उन्कै बारेमा बताउछ
र सधै उन्कै बयान सुनाउँछ
सधै उ यसरी नै
आफ्नु सुन्दरिको गुनगान गाउछ
एकोहोरो उन्को मायाजालमा फसेको छ
उ एकल
प्रेमपागल झै
र हरेक पल
केवल उनैलाइ सम्झिरहन्छ
म सधै उस्लाइ सम्झाइरहन्छु
र एउटा केटिभन्दा पनि ठुलो
आफ्नु परिवार भएको बताइरहन्छु
खैर
तर उस्ले मेरो बिचार कैले पनि बुझेन
नत आफ्नु परिवारलाइ नै समय दिन सक्यो
नत कैले जिवनमा ब्यहपार ब्यवसाय नै गर्यो
र त उ बेरोजगार भयो
र सधै बेरोजगार नै रह्यो
किन कि
उ एउटि केटिको प्यारमा परेको छ
मेरो काका जस्तै गरेर बकवाश
अनायास उ आज
रक्सीको गिलासमा हराएको छ
उ एउटा नौजवान सुन्दरीको
मुस्कानमा हराएको छ ।
जसरी कि,
म ऐले कबितालाइ सम्झिएर
साहित्यपानमा हराएको छु।
✍️ सुजन बुढाथोकी 
                                         रतुवामाइ,मोरङ्ग 
रचना मिति २०७७/०३/०९

यहाँ कमेन्ट गर्नुहोस्