२७ माघ २०८१, आइतबार

२४ घण्टामा तीन सय ७८ जनामा कोरोना (काेभिड -१९ )पोजेटिभ

Khabarsabaiko शनिबार, साउन २४, २०७७

विगत २४ घण्टामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणमा तीन सय ७८ जनामा कोरोना (काेभिड -१९ )पोजेटिभ देखिएको छ। यो संगैअब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए। अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।क्वारेन्टिनमा दश हजार सात सय ९२ जना छन्।

कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ।

यहाँ कमेन्ट गर्नुहोस्