१५ चैत्र २०८०, बिहिबार

सर्केगाडमा अन्तर गाउँ स्तरीय भलिबल प्रतियोगिता सम्पन्नः विजेता रोयल गैरीसाँया युवा कल्व

Khabarsabaiko मंगलबार, साउन २७, २०७७

हुम्लाको सर्केगाड गाउँपालिकामा  अन्तर गाउँ स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । श्रावण २२ बाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । रोयल गैरीसाँया युवा कल्वको आयोजनामा सञ्चालित प्रतियोगिता सर्केगाड गाउँपालिका भित्रका ११ गाउँ स्तरीय कल्व र टिम ले भाग लिएको आयोजक कल्वका अध्यक्ष दन्त बहादुर शाही ले खबर सबैको लाई जानकारी दिएका हुन् ।

प्रतियोगितामा आयोजक टिम प्रथम, माजवाडा कल्व, रोडिकोट दोस्रो र सनराईज युवा कल्व, दुल्ली तृतिय उपाधि हाँसिल गरेका  छन् । जसमा प्रथम लाई तिस हजार, दृतिय लाई विस हजार र तृतिय लाई दश हजार पुरस्कार र सिल्ड प्रदान गरिएको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

छ दिन सम्म सञ्चालित खेलमा उत्कृष्ट टिम भिमनगर, उत्कृष्ट खेलाडी जितेन्द्र बहादुर थापा सनराईज कल्व दुल्ली र उत्कृष्ट स्पाईकरमा रन्द्रि हमाल माजवाडा बाट भएको अध्यक्ष शाहीले जानकारी दिए ।

समापन कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षयता र गाउँपालिकाका कार्यवाहाक अध्यक्ष बलविर थापाको प्रमुख आतिथ्यमा एक औपचारीक कार्यक्रम गरी सम्पन्न भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्