०१ कार्तिक २०७८, सोमबार

हावा,पानी, र घाम !

Khabarsabaiko मंगलबार, साउन २७, २०७७

मानौ कि यो जीवन शिशिर हो

जहाँ दिनभरी

हावाहुरि हुन्दरी चलिरहन्छ हरपल
र अब यहाँ एकैछिनमा घरधुरी उडाएर
अनि
मेरि सुन्दरी पृयसिका कागजका
तस्बिरहरु पनि
सिसा जस्तै
टुक्राएर ,
अनि कपास वा भुवा झै भत्काएर
मेरो रहरको घर र
पागल झै
कुनै  बायुलहर वा बादलमा
पुर्याएर लान्छ
र मेरो परिवारका सारा सपनाहरु
बतासहरु सङ्गै
कुनै अँध्यारो आकासमा बिलाएर जान्छ ।
मानौ कि यो धर्तिको त्यो कुनै रात,,
एक विशाल बर्सात हो!
जहाँ नाङ्गो नाङ्गो
आसमान मुन्तिर
उदाङ्गो जमिनहरुमा गाउका
गरिब रुन्चे आखाहरुबाट सारा
आसुहरु बर्सिएर हर्दम
झुपडीहरुमा झरी झै झरझर गरिरहन्छन हरघडी ।
मानौ कि यो गगन
कुनै जवान बिधवाका ति
दुखेका राता नयनहरु हुन जहाँ
चहानाहरुले छाएका छाता जस्तै गरि
कि यसरी
पानीको धाराहरु चुहिएर
स्वयम
आसुका झरना झरिरहन्छन,
 त कतै
सहरको
सडककिनार वा पुरानो ल्याम्पोष्टको आसपास भिखारीहरु
जागरम बसेर अनि
अनिदो जुन जस्तै रहन्छन
हराएका ताराहरु सङगै टोलाएर
रातभर सहर घुमिरहन्छन!
अनि आखिर यी चोकका मन्दिरहरुमा न कैले ओछ्यान लगाएर
बाँस बस्छन
न कैले उनिहरु यी भगवानहरु सङ्गै सुत्न सक्छन
गल्लिका कात्तिके कुकुरहरु
र दरवार र ताजमहलहरुमा भने
त्यो जोसिलो रबि झै
बनेर बेहोसी बदन र गरेर सत्र सृङ्गार
ओसिलो ओढारमा
पानी परेको त्यो रातलाइ कुनै सुवागरात सम्झिएर
अर्थात, मधुमास मनाउछन !!
भोलिपल्ट बिहान मिर्मिरमा झुल्कने बिस्वासका
एक झोका
घाम
या प्रभातमा
उषा किरणका प्रकासहरु….
मानौ कि यो जिन्दगीको त्यो रङ्ग वा
सफलता हो
जहाँ राजकुमार जस्तै गरेर
कसैका असङख्य नानीहरु….
ब्युझिएर सबेरै अनि आएर
घरआगनभरी परेवा
र भगेराका चराहरुसङ्गै खेल्छन
अनि फुलबारीभरी
सुकोमल पुस्पहरुसङै फुलेर
भमराहरु जस्तै भुलेर
दिनभरी उज्यालाहरुमा
डुलिदिन्छन ।
र साझमा स्वयम
गोधुलीबाट अधेरी हुनै नपाइ
नदिकिनार र सागर
या छितिजबाट फर्किरहेका फकिर
जुनकिरिहरु झै चन्द्रमा हेर्नलाई
पुन पृथ्बिमा फर्किएर आउछन ।
सायद यो त्यि अनन्त वसन्त हो,
जहाँ चराहरुको सुमधुर आबाज
अनि प्रकृतिको सदाबहार
सोउन्दर्यभित्र रङ्गिन चलचित्रहरु हेर्न पाइन्छ
र साहेदै
उस्का बाबा आमाको पनि आखाभरी
यस्तै केही अभिलाषा थियो,
जस्लाइ म अहिले
यो सन्सारको कुनै  दिवासप्ना सम्झन्छु,
जुन यो जिन्दगिको त्यि हरियो घाम हो ।!
सुजन बुढाथोकी 

यहाँ कमेन्ट गर्नुहोस्