०३ जेठ २०७९, मंगलबार

गजल

Khabarsabaiko बिहिबार, साउन २९, २०७७

गजल नं.:१
हरे ईतिहास अनि राजनितिको ग्याता,कै थहा छैन
अरे! अतितमा आफैले खाएका बाचा,कै थहा छैन
अवश्य पनि उ सुतेर बसिरहेको थियो र त लुटियो
आफ्नै जन्मभुमी र ममतामहि माता,कै थहा छैन
हिजो जुन छाता ओढेर धेरै नै टाढा पुग्यौ तिमि त
टाढा पुग्यौ तर कहाँ पुग्यो मेरो छाता,कै था छैन?
हराएका मान्छेहरुका माया मरेका ति तस्बिरहरु झै
विद्यालय बन्द भएर उक्किरहेछ गाता कै था छैन
आफ्नै बुढी भनेर भट्टिको बेस्यासङ्गै सुतेछु,हिजोराती
आखिर के भयो मेरा दुबै आँखा थिए राता कै था छैन
एउटा भतुवा कुकुर,गधा र गोरुलाइ भुकिरहन्छ
कोहो श्रमजिबी र कोहो अन्नदाता कै थहा छैन ।
बिपनामा छदै छैनौ किन सपनामा मात्र आइरन्छौ
आखिर को हौ तिमी र केहो हाम्रो नाता कै था छैन?
आमाले भन्नू भो कि तनै हो कि मनै हो जब मैले सोधे
मेरो यो निधारको भाग्य कोर्ने बिधाता,कै था छैन?
हरे ईतिहास अनि राजनितिको ग्याता,कै थहा छैन
कुनै अतितमा आफैले खाएका बाचा,कै थहा छैन
  ✍️ सुजन बुढाथोकी 
                                         रतुवामाइ,मोरङ्ग 

यहाँ कमेन्ट गर्नुहोस्