०८ फाल्गुण २०८२, शुक्रबार

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो

Khabarsabaiko बिहिबार, साउन २९, २०७७

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

अाजको मन्त्रालयको तथ्यांक अनुसार निको हुनेको संख्या १६ हजार आठ सय ३७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।  नेपालमा कोरोना सङ्क्रमित संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्