०२ जेठ २०७९, सोमबार

गजल

Khabarsabaiko शनिबार, साउन ३१, २०७७

गजल न:२
कुनैदिन म पनि कसैको प्रेममा पागल भएको थिए
बिस्तारै समय बद्लियो दिन बद्लियो र म बद्लिए
म लढेको देखेर तिमि नुन बोकेर आयौ र यहा लगायौ
मुटुमा तिम्रै नाउको घाउ बोकेर जब मैले मलम पर्खिए
घाम लाग्यो छाडेर गयौ तिमी अल्बिदा टाढाको भयौ
तर तिमिलाइ के था बगरमा आएर म कति तड्पिए
सन्सारमा नफेरिने ब्यहवार मुकुक र यो जीवन रहेछ
फेरिने सरकार युग र यो मन रहेछ फेरिए फगत फेरिए
नाकमा के एउटा सानू पिनास रोग लागेको थियो
म मान्छे खत्रा खतरनाक गजलकार भएर निस्किए
रुवाएर जिन्दगिभर मलाइ नदिमा डुबाएर राखियो
भत्कियो धार र म बाढिको बहाब भएर किस्किए
अपराधिको बिरोध गर्यो भनेर मलाइ जेलमा जाकियो
बाहिर निस्कदा झन क्रान्तिकारी कवि भएर निस्किए
हामी केबल फलाम हौ फलाम र यो दुनिया चुम्बक हो
खिया लाग्यो र ती तमाम चम्बकहरु आफै टाढिए
कुनैदिन म पनि कसैको प्रेममा पागल भएको थिए
बिस्तारै समय बद्लियो दिन बद्लियो र म बद्लिए
 ✍️ सुजन बुढाथोकी 
                                         रतुवामाइ,मोरङ्ग 

यहाँ कमेन्ट गर्नुहोस्