१४ बैशाख २०८१, शुक्रबार

सर्केगाड बजार व्यावसायी र महिला कृषक विच अन्तक्रिया सम्पन्न

Khabarsabaiko सोमबार, भाद्र ०१, २०७७

हुम्लाको अन्न र फलफुलको भण्डार भनेर चिनिने उनापानिको गुँसा बजार नपाएर बर्सौ अन्न र फलफुल कुहिएर जाने गरेको छ । सर्केगाडका व्यावसायीले यस्ता समस्या न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन् ।
सर्केगाडमा बजार व्यावसायीको सक्रियता र महिला कल्याण सेवाको सहयोगमा व्यावसायी र महिला कृषक विच अन्तक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा सर्केगाड बजारीकरण र कृषकका समस्याका बारेका छलफल भएको बजार व्यावस्थापनका अध्यक्ष कुल बहादुर शाहीले जानकारी दिए । जसमा आगामी दिनमा कृषकका उत्पादन बजार सम्म पहुँच बढाउन पहल गर्ने विषयमा व्यावसायी तयार रहेको व्यावसायी जानकारी दिएका छन् ।
अन्तरक्रियामा कृषि उत्पादन तथा बजारको सहजताकालागि कृषि उत्पादन संकलन केन्द्र र हाटबजारको अवधारणा अगाडी बढाउने सहमत भएको अध्यक्ष शाहीले जानकारी दिए ।जसका सबैले गाउँपालिका र सरोकारवाल निकाय संग समन्वय गर्ने व्यावसायीले जनाए ।

अन्तरक्रियामा उनापानीका कृषक नानिमौयाँ कार्किले किसानका समस्याका उठानमा सहयोग गरेकोमा धन्यवाद दिदैे “स्थानिय कृषि उत्पादन यस अधि कति कुहिए कति अव बजार पाउने बाटो बनाई देउ” भन्नुभो ।
कार्यक्रममा बोल्दै महिला कल्याण सेवा, हुम्लाका कार्यक्रम व्यावस्थाक प्रेम बहादुर बुढाले अव स्थानिय कृषकले उत्पादित हुम्लाका अमुल्य अर्गानिक, रैथाने तथा कृषिउपज बजारिकरणमा सबै जुट्नु पर्ने जनाए ।
बैठकमा महिला समुहका महिला, सर्केगाडका विभिन्न व्यावसायी र नागरिक समाज लगायतको तिस सहभागिको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्