०२ जेठ २०७९, सोमबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुग्यो

Khabarsabaiko सोमबार, भाद्र ०१, २०७७

बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ ।

उनका अनुसार बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्