०५ कार्तिक २०८१, सोमबार

नेपालमा आज हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि

Khabarsabaiko मंगलबार, भाद्र ०२, २०७७

नेपालमा आज हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो। मृतकमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्