१६ आश्विन २०८१, बुधबार

हुम्लामा ज्वरोको कारण मृत्यु भएकी महिलामा कोरोनाको संकाः स्वाप परिक्षणका लागि नेपालगंज पठाइयो

Khabarsabaiko आइतबार, भाद्र १४, २०७७

सिमकोट गाउँपालिकाको लिमाटाङ गाउँमा एक महिलाको भदौ १२ गते संकास्मद मृत्यु भएको भन्दै पोष्टमार्टम गर्नका लागि सदरमुकाम सिमकोटको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुगाए पनि ज्वरोका कारण मृत्यु भएको भन्ने खवर बाहिरीएपछि कोरोनाको संका गर्दै मृतकको स्वाप संकलन गरि परिक्षणका लागि नेपालगंज पाठइएको छ ।

खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अन्दाजि ४० वर्षिय महिलाकाे अचानक समान्य ज्वाराे पछि मृत्यु भएको जनाइएको छ । गाउँमा लगाएको बालीनालीको रेखदेख गर्ने ‘नोरा’ काममा संलग्न भई उक्त गाउँमा बस्दै आएकी महिला एक्कासी बाटोमा मृत अवस्थामा भेटिएपछि पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा ल्याइए पनि ज्वरोका कारण मृत्यु भएको भन्दै कार्यालयले हालसम्म पनि पोष्टमार्टम गरेको छैन ।

मृत्युक महिलाको स्वाप परिक्षणका लागि भदौ १३ गते नेपलगंजको भेरी हस्पिटलमा पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए । उनले भने ज्वरोले गर्दा मृत्यु भएको खवरले स्वास्थ्यकर्मी नै जोखिम पर्ने र वेवारिसे अवस्थामा भेटिएको लाशमा कोरोना संक्रमण भएको हुन सक्ने आशंकाले स्वास्थ्यकर्मीले सजक अपनाएर स्वाप संकलन गरि परिक्षणको रिर्पोट आएपछि मात्रै मृतक महिलाको पोष्टमार्टम गरिने सुचना अधिकारी फडेराले बताए ।

भदौ १२ गते बिहान गाउँ नजिकैको बारीमा मृत अवस्थामा भुईमा पल्टीएको अवस्थामा महिलाको लाश भेटेका थिए । शुरुमा एक जनाले वेवारिसे अवस्थामा पल्टेको देखेपछि ४।५ जनाको समुहले नजिकबाट हेर्दा उनको मृत्यु भैसकेको पाएपछि आफूलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिए । के कारणले मृत्यु भयो ? यसको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । ज्वरोका कारण मृत्यु भएको हैन भनि आफन्तको भनाई रहेको भएता पनि लाश भेटीएको ठाउँका व्यक्तिहरुबाट ज्वरोकै कारणले मृत्यु भएको भन्ने दावी गरेको प्रहरीले जनाएको छ ।

स्वापको रिर्पोट भने भदौ १४ गतेसम्म आउने भएको स्वास्थ्य स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्