१५ चैत्र २०८०, बिहिबार

११ नम्बर पिल्लरसँगै अन्योल बनेको नेपाली भूभाग

Khabarsabaiko बिहिबार, आश्विन ०८, २०७७

हुम्ला– उत्तरको छिमेकी मुुलुक चीनसँगको सिमाना छुट्याउन नेपाल सरकारले २०१९ मा राखेको ११ नम्बरको सिमा स्थम्भ नभेटिएपछि नाम्खा गाउँपालिका–६ लाप्चाको भूमी लोलुङजोङ नेपाल र चीन मध्ये कस्को हो भन्ने थप अन्योल बढेको छ ।
पछिल्लो समय नेपाली भूमीमा चीनले मनलाग्दी आफ्ना भवन निर्माण गरेका खबर सार्वजनिक भए लगत्तै स्थलगत अवस्था बुझ्न लोलुङजोङ पुगेको हुम्लाका सुरक्षा अधिकारीहरुको टोलीले ११ नम्बर सिमा स्थम्भ नभेट्दा चीनिया दावी अघि मुख खोल्न नसकेरै फर्किए पछि नेपाल र चीन बीचको सिमाना विवाद थप अन्योल बनेको हो ।
“सामान्य ढंगले १२ नम्बरको पिल्लरका आधारमा हामीले हेर्दा चीनले भवन बनाएको क्षेत्र नाम्खा गाउँपालिकाको भू–भागमैपर्ने देखिन्छ,” जिल्लाका सुरक्षा अधिकारीहरुको टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले भने,“सिमानाको विषयमा अध्ययन गर्न गएको सुरक्षा अधिकारीको टोलीसँग चीनियाँ पक्षको कडा दावी प्रतिकार गर्ने तत्थ्यगत आधार नभएपछि समस्या थप अन्योल बनेको हो ।”
नेपाली टोली भवन निर्माण गरेको स्थानमा पुग्दा चिनियाँ सुरक्षाकर्मी भवनमै बसिरहेको उल्लेख गरेका अध्यक्ष तामाङले उनिहरुले नेपाली टोली आएको भन्दै चिनियाँ सेनालाई बोलाएको जानकारी दिए । उनका अनुसार नेपाली टोली पुग्ने बित्तिकै भवनहरू बनाएको स्थानबाट थप साढे दुई किलोमिटर नेपालतर्फको भू–भाग समेत आप्mनो हो भन्दै चीनियाँ पक्षले दावी गर्यो । तर त्यसको प्रतिकार गर्ने प्रमाण नेपाली टोलीसँग नभएपछि भूमि विवाद यथावतमै रहेको हो ।

“दुइ देश बीचको सिमाना छुट्याउन नोपलीतर्फबाट राखिएको ११ नम्बरको पिल्लर नभेटिएपछि हामी (नेपाली टोली)लाई एकिन गर्न गाह्रो भयो, अध्यक्ष लामाले थपे, “लाप्चा लेकमा रहेको १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने चीनले भवन निर्माण गरेको लोलुङजोङ क्षेत्र हाम्रै भूमिमा पर्ने देखिन्छ ।”

 

 

शब्द नखर्चिएरै फर्कियो सुरक्षा अधिकारीको टोलीलेः
दुई देशबीचको सिमानाका बारेमा स्थलगत वार्ताका लागि गएको नेपाली सुरक्षा अधिकारीको टोलीले चीनीया पक्षसँग एक शब्द नखर्चिएरै फिर्ता भएको छ । नेपाली भू–भागमा चीनीया पक्षले भवन लगाएको खबर पाउने बित्तिकै स्थलगत अवलोकनका लागि लाप्चा पुगेको ३०सदस्यीय टोलीले चीनियाँ अधिकारीसँग लाप्चामा केही कुरा राखेन । स्थलगत अवलोकनमा गएको सुरक्षा अधिकारीसँग गएको स्रोतले भन्यो, “भवन निर्माण गरेको स्थानबाट हामीलाई चीनिया पक्षले हटाउने बित्तकै प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका सुरक्षा प्रमुखको बोली बन्द भैसकेको थियो ।” निकै बेजोडले लागेको हावाले पनि दुई पक्ष बीच कुाकानी गर्नमा बाधा उत्पन्न भएको उल्लेख गरेको उक्त स्रोत भन्छ, “हावा र हुरीकै बीचमा उनीहरुले एकोहोरो बोले तर नेपाली सुरक्षा टोलीकातर्फबाट कुनै प्रतिक्रिया जनाउने काम भएन् ।”

 

हुम्ला सदरमुकाम सिमकोटबाट आइतबार सिंधैं भवन निर्माण गरेको क्षेत्रमै पुगेको सुरक्षा अधिकारीको टोलीलाई चीनीय पक्षले आफ्नो भूमिबाट हट्न भनेर ठाडो आदेश दिएपछि नतमस्तक बनेको सुरक्षा अधिकारीको टोलीले उनीहरुसँग एक शब्दपनि बोल्ने आँट गरेन् । टोलीमा प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका प्रमुखहरु सहभागि थिए ।

के भयो लोलुङजोङमाः
साविकको लिमि गाविसको क्षेत्रमा पर्नेलोलुङजोङमा यस अघि नैं चीनियाँ पक्षले दुईवटा भवन निर्माण गरेको थियो । पछिल्लो समय उक्त क्षेत्रमा चीनले थप ९ वटा भवन निर्माण गरेका खबर प्रकाशमा आएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको नेतृत्वमा ३१ सदस्यीय प्रतिनिधि मण्डल आइतबार लोलुङजोङ पुगेको थियो ।

चीनियाँ पक्षले दिएको पिपिइ सेट लगाएर सात सदस्यीय नेपाली टोली चीनसँगको वार्ताका लागि तयारी अवस्थामा बसेको साढे एक घण्टा पश्चात चीनियाँ अधिकारीको टोली तीन गाडीमा त्यहाँ पुग्यो । तत्कालै स्वास्थ्य सुरक्षा सावधानीका लागि पिपिइ सेट लगाएर आएको चीनियाँ पक्षले माइकिङ गरेर नेपाली टोलीलाई त्यहाँबाट पछाडी हट्न आग्रह गर्यो ।

 

 

नेपाली टोली पुगेको लोलुङजोङ आप्mनो भूभागमा पर्ने दावी गरेको चीनियाँ पक्षले थप केही कुरा गर्ने भए दुई देशबीचको सिमानामा बसेपछि मात्रै गर्ने बताएपछि नेपाली सुरक्षा अधिकारीको टोली झण्डै एक कलिोमिटर पछाडी फक्र्यो । नेपाली टोली चीनिया पक्षले माइकमै संकेत गरेको क्षेत्रमा पुग्यो । दुवै देशका प्रतिनिधि मण्डल आआप्mनै भूमीमा रहेर चीनले भवन निर्माण गरेको लोलुङजोङको भूमीका बारे दुई पक्षबीच कुरा हुने अनुमान नेपाली प्रतिनिधि मण्डलले गरेको थियो । हावा हुरी निकै चलेकाले नेपाली प्रतिनिधि मण्डलले बोलेको कुरा चीनियाँ पक्षले सुन्ने अवस्था थिएन् । माइक सहित उपस्थित चीनियाँ प्रतिनिधि मण्डलले नक्सा देखाएर एकोहोरो लोलुङजोङको भूभाग आप्mनो भएको दावी गरिरह्यो । त्यसको प्रतिकार गर्ने नेपाली प्रतिनिधि मण्डलसँग न केही तत्थ्यगत आधार थियो न त आफूले बोलेको आवाज सुनाउने माध्यम (माइक) नै थियो ।

चर्को स्वरले बोलेपछि चीनियाँ प्रतिनिधि मण्डललाई आफ्ना कुरा सुनाउन मौशम र भाषाका कारण नेपाली टोली असफल भयो । चीनियाँ पक्षले निर्धारण गरेको सिमा क्षेत्रमै बसेको झण्डै ३ मिनेटमै महत्वाकांक्ष बोकेको वार्ता टुंगियो । नेपाली सुरक्षा अधिकारीको टोली त्यहाँबाट फर्कियो ।

टाक्चीमा विओपी आवश्यकः
सिमानाको अनुगमन गर्न गएको सुरक्षा अधिकारीको टोलीले लिमिको टाक्चीमा सशस्त्र प्रहरी बलको बोर्डर अप पोष्ट (बिओपी) आवश्यक रहेको निचोड निकालेको छ । चीनले भवन लगाएको भूमि कुन देशको क्षेत्रमा पर्ने बारेमा अन्योल बनेको टोलीले नेपाल सरकारसँग ११ नम्बर पिल्लरको खोजि गर्न आग्रह गरेर सिमाना एकिन गर्नतर्फ जोड दिने निर्णयमा पुगेको टोलीमा संलग्न एक अधिकारीले जानकारी दिए । शुरुमा हाम्रो सिमाना कहाँ हो भन्ने एकिन नैं भएन, ती अधिकारीले भने, त्यसको अलावा हाम्रो भूमीको रक्षा गर्न टाक्चीमा तत्कालै एक बोर्डर अफ पोष्ट अनिवार्य देखियो ।

यहाँ कमेन्ट गर्नुहोस्