०२ जेठ २०७९, सोमबार

नेकपा(विप्लव) हुम्लाका जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ रिहा भए

Khabarsabaiko मंगलबार, मंसिर २३, २०७७

हुम्ला– असोज २१ गते पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ रिहा भएका छन्।

मंगलबार जिल्ला अदालत हुम्लाका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले बुढालाई रिहा गर्न आदेश पछि बुढा रिहा भएका हुन्।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बुढालाई मानव अधिकारकर्मीको रोहवरमा प्रहरीले रिहा गरेको छ।

२१ गते बुढालाई ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ बाट नेपाल प्रहरीले पक्राउ गरेको थियो।

 

 

 

यस संग सम्वन्धित अघिल्ला समाचारहरू हेराैं

https://www.khabarsabaiko.com/details/10206.html

https://www.khabarsabaiko.com/details/10183.html

 

यहाँ कमेन्ट गर्नुहोस्