खबरसबैको बिहिबार, माघ २०, २०७८
वीर शमशेरको समयमा भएको शिक्षाको विकास
- वि.सं १९४२ प्रधानमन्त्रीमा वीर शमशेर नियुक्त भएपछि दरवार स्कुलमा उनको पालाबाट सर्वसाधारण जनताका छोराछोरीलाई प्रवेश दिइयो । वीर शमशेरले प्रधानमन्त्रि हुने वित्तिकै शिक्षाको स्वरूपमा बहस चलाएका
- १९४२ मा खड्ग शमशेर शिक्षा विभागको Director मा नियुक्त
- वि.सं. १९४४ मा कमाण्डिङ जनरल चन्द्रशमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
- नेपाललाई प्राविधिक शिक्षाको खाँचो छ भन्ने प्रधानमन्त्री वीर शमशेर
- राणाहरू मध्ये छात्रबृत्तिको शुरुआत गर्ने राणा वीर शमशेर नै पहिलो थिए । जापानमा आफ्नो छोरो गेहेन्द्र शमशेर लगायतलाई पूर्ण छात्रबृत्ति दिएर जापानमा कृषि, इन्जिनियरिङ पढ्न पठाएका थिए
- वि.सं.१९४५ मा प्रधानमन्त्री वीर शमशेरले गोत्र हत्याको पापमोचनको लागि तिन धारा गुठीको आयस्ताबाट दरबार स्कुलका विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था
- विसं १९४३ देखि रानीपोखरी संस्कृत पाकशाला (तिनधारा संस्कृत पाठशाला)मा आफ्ना वाबु धीर शमशेरको सङ्कल्प बमोजिम जम्मा १०८ जनाका लागि रानी पोखरी पाठशालामा नित्य भोजनको व्यवस्था
- वि सं १९४३ साल अश्विन २१ गतेबाट कलकत्ताका बटेकृष्ण मैत्रैयलाई असिष्टेण्ट हेडमास्टर बनाइ रु. २४६०दिने ब्यबस्था
- वि.सं.१९४५ भारतबाट आएकी गंगावाई नामकी महिलाको नेतृत्वमा महिला शिक्षाको शुरुआत उनकै पालमा भएको
- १९४५ तिर, तिनधारा पाठशालाको भवन निर्माण गरिएको,दरवार स्कुल सेतो दरवारमा सरेको थियो
- वि.सं. १९४८ मा (१८३१) वीर शमशेरको पालामा दरवार स्कुलको स्थायी भवन खडा भएपछि माथिल्लो तलामा दरवार स्कुल र तल्लो खण्डमा रानी पोखरी पाठशाला चलाउने गरी रणमुक्तेश्वरबाट स्थानान्तरण गरिएको । स्थापनाको ३८ वर्षपछि दरवार स्कुल आफ्नो भवनमा सर्यो
- वि.सं. २०३५ बाट दरवार स्कुललाईभानु मा.वि. नामाकरण गरिएको
- रानीपोखरी पाठशालाको सम्बन्ध बनारस स्थित वाणारसी संस्कृत विश्वविद्यालयसँग थियो । यो सम्बन्ध १९४५ मा गाँसिएको
- वि.सं. १९५० मा पाल्पाको लहरे पीपलमा र कास्की पोखराको विन्ध्यावासिनीमा वीर शमशेरले पाठशाला खोल्न लगाएका
- वि.सं. १९५२ मा स्कुल गोश्वाराको स्थापना भएको
- वि.सं. १९५४ मा रेञ्जर कोर्ष पढ्न छात्रवृत्ति पाउने नेपाली वासुदेव उप्रेती हुन् । यो व्यबस्था पनि वीर शमशेरले गरेका
- वि.सं. १९५५ तिर रानीपोखरी संस्कृत पाठशालामा मध्यममा सम्मको पढाइ हुन्थ्यो भने परीक्षा दिन बनारस जानुपथ्र्याे
- वि.सं.१९५६ बनारस संस्कृत पढ्न जान मासिक रु. ५।– छात्रवृत्तिको रकमको व्यवस्था
- वि.सं. १९५७ मा वीर पुस्तकालयको स्थापना (पहिला हनुमानढोकामा पं. केदारनाथको जिम्मामा पुस्तक थिए यो नेपालको पहिलो पुस्तकालय
- वि.सं. १९५७ मा सुनधारामा मेडिकल स्कुलको स्थापना
यहाँ कमेन्ट गर्नुहोस्