०९ आश्विन २०७९, आइतबार

शिक्षा सेवा विशेष ( नेपालको शैक्षिक इतिहास)

खबरसबैको बुधबार, माघ २६, २०७८

चन्द्र शमशेरको समयमा भएका शिक्षा विकास

  • १९५८ असोज १२ गते चन्द्र शमशेरले उपत्यका भित्र २० ओटा स्कुल खोलेका
  •  वि.सं १९५९ मा स्वीकृत भइ वि.सं १९६० कार्तिकमा केटाकेटी पढाउने किताब तर्जुमा अड्डाको स्थापना
  •  वि.सं. १९६२ मा (१९०५) मा अड्डामा लेखापढी गर्ने, हिसाब किताब राख्ने, लेखन्दास, श्रेस्तेदार वहीदार आदि तयार पार्ने हेतुले श्रेस्ता पाठशाला खुलेको
  •  १९६२ मा त्रिचन्द्र भारती भवन सिलगढी (डोटी) मा खुलेको
  •  १९६३ मा जयपृथ्वीबहादुर सिंहले काठमाडौंको नक्सालमा सत्यवादी पाठशालाको स्थापना (प्राथमिक तहको) सन् (१९०७मा)
  •  वि.सं. १९६६ मा जनकपुरको ज्ञानकुपमा संस्कृत पाठशाला स्थापना भएको
  •  रिडी संस्कृत पाठशाला वि.सं.१९६६ (राजा पृथ्वी वीर विक्रम पालामा)
  •  वि.सं. १९६७ कार्तिक मा पास जाँच अड्डा स्थापना (यसलाई २०१८ असार ३१ मा परीक्षा नियन्त्रण कार्यालयमा परिणत)
  •  पास जाँच अड्डाको पहिलो हाकिम –पण्डित लोकराज
  •  श्रेस्ता पाठशालाको पहिलो सुपरिवेक्षक – पण्डित हेमराज पाण्डे
  •  श्रेस्ता पाठशालामा लेख र अङ्क गणित २ विषय पास गरेकालाई २ पासे भनिन्थ्यो । लेख, श्रेस्ता, हिसाब र औंठा पास गरेकालाई ४ पास भनिन्थ्यो
  •  वि.सं. १९६८ (१९११) प्रयाग विश्वविद्यालयको म्याट्रीकुलेशन परीक्षामा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन पाइने व्यवस्था चन्द्र शमशेरले चिठी लेखेर गरेका
  •  वि.सं. १९६९ मा गोरखा भाषा प्रकाशिनी समिति – चन्द्रशमशेरले खडग निशान लगाएपछि खुलेको
  •  १९७० फागनु २ मा गोरखा भाषा प्रकाशिनी समिति नक्शालको नन्दीकेशर बहालमा खुल्यो
  •  १९७२ मा पाशुपत प्रेसबाट पहिलो पुस्तक गोरखा शिक्षा पहिलो भाग, १९७३ दोश्रो र १९७४ मा तेश्रो भाग प्रकाशित भएको
  •  वि.सं. १९७० मा काठमाडौं नक्सालमा खोलिएको सत्यवादी पाठशाला बझाङमा सारिएको (पहिलो प्र.अ. जयपृथ्वीबहादुर सिंहका भाइ अमर बहादुर सिंह)
  •  सत्यवादी पाठशालाले वि.सं. १९९५ मा जुद्ध शमशेरको समयमा (स्थापनाको ३२ वर्षपछि) सरकारी मान्यता पायो
  •  सत्यवादी पाठशाला वि.सं. २००७ सालसम्म कक्षा ७ सम्म र २००८ देखि High School सञ्चालन भएको
  •  जयपृथ्वीबहादुर सिंहले अक्षराङ्क शिक्षाका अतिरिक्त बालबोध श्रेस्ता बोध, भूगोल विद्या आदि लेखेका
  •  सबैले इलाम सिकी विद्या पढी, जान्नेलाईअरूलाई हाँकि ‘होस्टे’ भन्ने हुनुपर्छ भन्ने जयपृथ्वीबहादुर सिंह
  •  अस्पताल, स्कुल घर बनाउनु पनि स्कुल बनाउनु जस्तै हो भन्ने भनाइ पनि जयपृथ्वीबहादुर सिंहकै हुन्
  •  चन्द्र शमशेरले भाषा पाठशाला खोल्न बन्देज लगायो भन्ने आरोपबाट बच्न उपत्यकामा २५ र बाहिर १८ भाषा पाठशाला खोलेका
  •  १९७२ मा उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल चन्द्रमिडिल स्कुल स्थापना
  •  सिराहामा स्वामी दामोदरानन्दको पहलमा रेलमा भारत जाने यात्रीहरूलाई टिकटमा लेखिएको अङ्गे्रजी टिकट बुझ्न नसकी ठगिने भएकाले सहज बनाउन खोलेको
  •  १९७५ भाद्र २७ त्रिभुवन चन्द्र कलेज स्थापना, शुरुमा आ.एको पढाइ भएको, सम्बन्धन – कलकत्ता विश्व विद्यालयसँग थियो
  •  Tri Chandra College मा १९७७ देखि विज्ञानमा Intermediate र १९८० देखि वि.ए. को पढाइ, २००४ देखि वि.एससी सञ्चालन भएको
  • Tri Chandra College मा सुरुमा ६ जना विद्यार्थी र ६ जना प्राध्यापक थिए
  • Tri Chandra College का प्रथम Principal बटुकृष्ण मैत्रेय
  •  शिक्षा विभागको Director पदलाई Director General मा परिणत  वि.सं. १९७६ देखि गरिएको प्रथम Director General बहादुर शमशेर नियुक्त
  •  वि.सं. १९७६ मा चन्द्र शमशेरले भाषा पाठशाला, संस्कृत पाठशाला, श्रेस्ता पाठशाला र धार्मिक पाठशालाको निरीक्षण गर्न पाठशाला बन्दोबस्त इन्सपेक्टरी अफिस स्थापना गरे । पाठशाला बन्दोबस्त इन्सपेक्टरी अफिसको हाकिममा सुब्बा ज्वाला सिंह हमाललाई नियुक्त गरे
  •  वि.सं. १९७६ मा स्कुल गोस्वारा, कलेज स्कुल गोस्वारा मा परिणत
  •  वि.सं. १९७८ मा श्रेष्ता पाठशालाको पाठ्यव्रmममा औंठा विषय थपी चार पासे बनाएको ।१९७८ दार्जिलिङमा मा.वि. तहमा नेपाली भाषाको पढाइ सुरु
  •  चारपासेलाई नेपाली र साहित्य थपेर वि.सं. १९८५ मा ६ पासे बनाइएको थियो
  •  वि.सं.१९८० देखिकलकत्ता विश्वविद्यालयबाट दरबार हाइस्कूलको सम्बन्ध पटना विश्वविद्यालयमा सरिएको थियो
  •  वि.सं. १९८० असारमा चन्द्रशमशेरले काठमाडौंको ढोकाटोलमा कन्या पाठशालाको स्थापना
  •  वि.सं. १९८० – त्रिभुवन चन्द्र कलेजको नाम त्रिचन्द्र कलेज बनाइएको
  •  वि.सं. १९८० – त्रिचन्द्र कलेजको सम्बन्धन कलकत्ता विश्विद्यालयबाट पटना विश्व विद्यालयमा सारिएको
  •  स्थापना कालमा त्रिचन्द्र कलेजको रेखदेख –शिक्षा विभागका डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सनले गर्दथे
  •  १९८१ मा पाटन र भक्तपुरमा मिडिल स्कूलको स्थापना, १९८७ मा पाटनको मिडिल स्कूल हाइस्कूल भएको
  •  वि.सं १९८२ मा सरदार रुद्राराज पाण्डे दरवार स्कुलको हेडमास्टर नियुक्त । दरवार स्कूलमा हेडमास्टर हुने उनी पहिलो नेपाली थिए (आफूले पढाएको विद्यार्थी प्र.अ. भएपछि विद्यालय मात्र होइन नेपालै छाडी भारत जाने व्यक्ति पूर्व हेडमास्टर शारदाप्रसाद मुखर्जी र इश्वरी दत्त रटौरी)
  •  वि.सं. १९८४ मा अमर खाँ फौजदारको नेतृत्वमा चन्द्रमिडिल स्कुल बाराको भवानीपुरमा स्थापना
  •  वि.सं. १९८५ मा राजकीय आर्युवेद पाठशालाको स्वकृति भयो । वि.सं. १९८७ मा राजकीय आर्युवेद पाठशालाको स्थापना
  •  वि.सं. १९८६ मा मेजर जनरल मृगेन्द्र शमशेर शिक्षा विभागको डाइरेक्टर नियुक्त
  •  वि.सं. १९८६देखि दरवार स्कूलका परीक्षार्थीले परीक्षा दिन पटना विश्विद्यालयको परीक्षा केन्द्र काठमाडौंमा
  •  १९८६ मा श्रेस्ता पाठशालाको भवन स्थापना पाठशालामा भर्ना भइ पढ्ने विद्यार्थीलाई वार्षिक ३६ रु छात्रबृत्ति प्रदान
  •  श्रेस्ता पाठशालामा पढी जाँचमा पास हुने निजामती सेवाका लागि योग्य ठहरिएका उमेद्धारलाई बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहले प्रमाणित गर्दथे
  •  वि.सं. १९८६ मा ४ पासेमा नेपाली र साहित्य विषय थपेर ६ पासे बनाइएको र जुद्ध शमशेरको पालामा ११ पास सम्म बनाइएको

यहाँ कमेन्ट गर्नुहोस्