०९ बैशाख २०८१, आइतबार

नेकपा एमाले हुम्ला जिल्ला अधिवेशन आगामी फागुन ९ र १० हुने

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, फाल्गुण ०३, २०७८

नेकपा एमाले हुम्ला जिल्ला अधिवेशन आगामी फागुन ९ र १० गते हुने भएको छ । जिल्लामा अनौपचारिक रुपमा बसेको सचिवालयको बैठकले यसअघि स्थगित भएको अधिवेशन गर्ने निर्णय गरेको हो। यस अघि कोरोनाको कारण जनाउँदै माघमा स्थगित भएको नवौँ जिल्ला अधिवेशन फागुनमा गर्न लागिएको नेकपा एमाले जिल्ला कमिटि हुम्लाले एक सूचना मार्फत जानकारी दिएको छ ।

सुचनामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी अध्यक्ष लाई अधिवेशनमा उपस्थित हुन आग्रह गरिएको छ । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले यसअघि दुई पटक स्थगित भएको अधिवेशन फागुन ९ र १० गते सदरमुकाम सिमकोटमा हुने जानकारी दिएका छन्।

 

अघिल्लो समाचार हेराैं

हुम्ला नेकपा एमाले नवौँ जिल्ला अधिवेशन स्थगित

 

यहाँ कमेन्ट गर्नुहोस्