१२ मंसिर २०८१, बुधबार

शिक्षा सेवा विशेष ( नेपालको शैक्षिक इतिहास)

खबरसबैको बिहिबार, फाल्गुण १२, २०७८

जुद्ध शमशेरको समयमा भएको शिक्षामा विकास

  •  १९८९ मा गोरखा भाषा प्रकाशिनी समितिको नाम नेपाल भाषा प्रकाशित समिति नामाकरण वि.सं. २०२१ मंसिर २५ मा साझा प्रकाशनमा परिणत
  •  १९८९ मा गोकुण्डेश्वर प्राइमरीस्कूलको स्थापना (धनकुटा) हाइस्कुल भएको २००४
  •  वि.सं १९८९ जुद्ध शमशेरको पालामा कृषि स्कूलको स्थापना
  •  वि.सं. १९९० कार्तिक १६ मा SLC बोर्डको स्थापना
  •  वि.सं. १९९०मा एस.एल.सी वोर्ड (प्रवन्धबोर्ड)को स्थापनापछि दरवार स्कुलको सम्बन्ध पटना विश्व विद्यालयबाट हटेको
  •  वि.सं. १९९० पौष अन्तिम हप्ता SLC परीक्षा सञ्चालन
  •  वि.सं. १९९० SLC को पहिलो परीक्षा केन्द्र दरवार स्कुलको दक्षिणपटिको भवन मजलिस घरमा रहेको
  •  वि.सं. १९९० माघ २ गते भएको भूकम्पले परीक्षा केही दिन स्थगित गरिएको
  •  वि.सं. १९९० मा पाटन हाइस्कुलका ७ र दरवार हाइ स्कुलका २७ गरी ३४ जनाले SLC परीक्षा फाराम भरेका, ३३ जनाले मात्र परीक्षा दिएका (एक मात्र छात्रा सविना कुमारी देवी परीक्षामा अनुपस्थित) उक्त परीक्षामा १० जना II Div ९ जना III Div  उत्तीर्ण, बाँकी १४ जना फेल भएका थिए, परीक्षा ८०० पूर्णाङ्कको थियो भने उत्तीर्णाङ्क २८० थियो
  • पहिलो परीक्षा नियन्त्रक हरमणी आचार्य (वि.सं १९९० देखि २०१४ सालसम्म)
  •  दरवार स्कुलसँग पटना विश्व विद्यालयको सम्बन्ध औपचारिक रूपले टुटेपनि (१९९० मा) शैक्षिक पक्षबाट सो सम्बन्ध वि.सं. २०१६ त्रिभुवन विश्व विद्यालय स्थापना हुँदासम्म रहेको थियो
  • SLC उत्तीर्ण विद्यार्थीलाई १ वर्ष भित्र प्रमाण पत्र बाँड्ने व्यवस्था थियो । (सम्बन्धित प्र.अ. वा त्रिचन्द्र कलेजमा)
  •  काठमाडौ उपत्यका बाहिर खुलेको पहिलो SLC परीक्षा केन्द्र त्रिजुद्ध हाइस्कुल बीरगञ्ज वि.सं. २००१ मा

यहाँ कमेन्ट गर्नुहोस्