२४ मंसिर २०८०, आइतबार

भुवो पर्व हुम्लामा पनि भव्यरुपले मनाउँदै

Khabarsabaiko शनिबार, पुष २१, २०७५

अर्जुन बोहरा पुस २१
हुम्ला लगायतका मध्यपश्चिम र सुदुरपश्चिम जिल्लाहरुमा यतिखेर भुवो पर्व भव्यरुपले मनाईरहेका छन । हिन्दुर्धमलम्बी र बौद्धुधर्मलम्बीहरुले एक सात मनाउने भुवो पर्व आ –आफनो कला सांस्कृती सहित भव्यरुपले प्रदर्शन गर्दै मनाउँदै छन । शुक्रबार वेलुकी देखि धुमधामका साथ भुवो पर्व शुरु भएको छ । नेपाल एकीकरण ताका बाइसे चौबिसे राज्यका बेला गरिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा सहितको समेटिएको भुवो पर्व निकै महत्वका साथ हेरिएको छ ।
हुम्लाका अधिकाँस गाउँपालिकामा आ– आफनो गाउँ टोल–टोल बाट सुरु भई विभिन्न गाउँमा सल्लाको दियालो सल्काएर भुवाखाडोमा जम्मा भई भुवो नाच, फाक, चाँचि,गित गाएर रातभरि जाग्रम बसेको सर्केगाढ गाउँपालिका ३का वडाअध्यक्ष गजरा रावतले बताए ।
हिउँदको समयमा खेतीपाति बाट फुर्सद हुने समय भएकोले पनि यो भुवो पर्व हुम्लाका सबै गाउँमा मनाईरहेको सर्केगाढ गाउँपालिका वडान ३ का उनपानी बाट वडा अध्यक्ष रावतले बताउनु भयो ।
शुक्रबार वेलुकी देखि शुरु भएको पर्वमा सबैले मिठामिठा खानेकुरा एक आपसमा बाँडीचुडी खाने परम्परा रहेको समेत सिमकोट गाउँपालिका २का स्थानीय बासिन्दा सूर्यमािण बोहराले बताउनु भयो । राती सबै घरका सदस्यहरुले सल्लाको दियोलो सल्काउँदै भुवोको बारेमा गित गाएर गाउँको पाइक पर्ने ठाउँमा सबैको दियोलो जम्मा गरी आगो बाल्ने परम्परा रहेको छ । काठका ठुला–ठुला गोली (काठका मुढा) बालेर रात भरि जाग्रम बसेर गित, फाक,चाँची गाएर मनाएकोे ठेहे बाट गोर भण्डारीले जानकारी गराउनु भयो । युवा पुस्ताहरु भने गाउँमा कुटूम्बकी छोरी संग पानी मागेर ठटेउली शब्द बोलेर रमाइलो गर्ने चलन रहेको भण्डारीले बताए । उता भने बुढापाखाहरु रातभरि जाग्रम बसी भुवोदेवता, देवीदेवताका भोजन, फाक,चाँची गाएर भुओको अगेनुवरीपरि बसी गित गाउने चलन रहेको समेत सिमकोट २का हुनी भण्डारीले बताउनु भयो ।
शनिबार विहान पख दियालो सल्काएर गाउँ नजिकै खोला वा मुल पानीको धारो नजिकै भुवो विर्सजन गरि स्ननाहन गरेका छन । विहान सबेरै आफना मान्याजन संग ढोक गर्ने चलन समेत रहेको ठेहे बाट शुरेस परियारले बताउनु भयो । आज दिन भरि नांगो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शनका खेल, फुर्का खेल खेल्ने चलन भएको खार्पुनाथ गाउँपालिका ५का स्थानीय बासिन्दा देवसिंह रोकायाले बताए । गाउँका बूढापाकाहरुले भने लोक लयमा पौराणिक राम राज्यका गाथा गाउँदै गित फाक चाँची भोजन गित गाएर एकआपसमा शुभकामना साटासाट गर्छन् । पछिल्लो समय भुवो पर्व प्रति युवाहरुको आकर्षण घटदै गएको स्थानीय बासिन्दाले बताएका छन । ओ पर्व हुम्लाका ६ वटा साविकका गाविसहरु ठेहे,बरगाउँ ताक्ला, राया,सर्किदेउ,रोडीकोट राहदेव श्रीमष्ठा,मेल्छाम,दार्मा,मिमि, जैर,कालिका, श्रीनगर मैला र मदाना गाउँमा भव्यरुपले मनाएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: