०७ बैशाख २०८१, शुक्रबार

हावा हुरीले छानो उडाउदा अपाङ्ग बालबालिकाको विचल्लि

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

 राज शाही

हुम्ला २५ माघ

हुम्लामा भारि हिमपात संगै चलेको हावाहुरीले साहार समुहको छात्राबासको छानो उडाएको छ ।  ५७ जना फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो गए राति चलेको हावाहुरीले उडाएको खवर प्राप्त भएको छ । हाल बालबालिका जाडो विदामा आ आफ्नो घर तिर गएका भए पनि १० जना बालबालिका सो छात्राबासमा वस्दै आएका छन् ।

हावा हुरीले छानो उडाए पछी फरकक्षमता भएका बालबालिका खुला आकास मुनि  हिमपातमा बस्न बाध्य भएका छन् । १२ कोठे भवनको पुरै छत हावा हुरीले उडाए पछी हिउ कोठा भित्र पसि करिव ३ फिट कोठा भित्र हिउ जमेको र फाल्न समेत समस्या भएको सोही विद्यालयको श्रोतले बताएको छ ।

कोठामा राखीएका सम्पुर्ण समान हिमउँले भिजायको र प्रयोग गर्न समेत समस्या भएको खवर प्राप्त भएको छ । कोठामा राखिएका खाध्यन्न समेत हिँउले भिजाएर खाना पकाउन समेत नहुने भएको बताइएको छ , साथै मानसारोवर माध्यामिक विद्यालयको पनि  एउटा भवनको हावाले छानो उडाएको विद्यालय श्रोतले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्