१६ चैत्र २०८०, शुक्रबार

धार्मिक रुपमा कसरी मनाउ छन् होली

Khabarsabaiko बुधबार, चैत्र ०६, २०७५

चन्द्र बोहरा

नेपालगन्ज – हाेली एक आपसमा रमाइलो गरी रङ दलेर धुमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा भने यो पर्व भोलिपल्ट मनाइन्छ । फागुन शुक्ल पूर्णिमाको पावन दिनलाई हामी फागू पूर्णिमा भनेर चिन्छौँ । पूर्णिमा तिथिलाई पर्व पनि भनिन्छ । त्यसैले होला वर्षभरिका १२ वटा पूर्णिमाहरुको महत्व एक भन्दा अर्को विशेष देखिन्छ ।

होलीलाई रंग र उत्सवको पर्व पनि भनिन्छ । धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक सबै दृष्टिकोणबाट फागू पूर्णिमाको अत्यन्त महत्व देखिन्छ । होली पर्व कसरी सुरु भयो भन्ने विषयमा एक प्रचलित कथा पाइन्छ । अघि कश्यप ऋषि तथा दिती मात्ताको पुत्र हिरण्यकाशिपुका चार छोरा थिए – ह्राद, अनुह्राद, संह्राद, प्रह्लाद । ती मध्ये प्रह्लाद विष्णुभक्त थिए ।आफ्नो शत्रुको भक्ति गरेको भन्दै हिरण्य कश्यपले भक्त प्रह्लादलाई मार्न धेरै कोसिस ग¥यो । यता प्रह्लादले भने विष्णु भगवानको नवधा भक्ति गर्न छाडेनन् । विष खुवायो, हात्तीले कुल्चायो, पर्वतबाट खसाल्यो, सर्पले टोकायो तैपनि प्रह्लादलाई केही भएन । उनी सुरक्षित रहे । केही उपाय नलागेपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकाको सहायताले आगोमा जलाएर मार्ने योजना बनायो । किनकी होलिकालाई ब्रह्माको वरदान थियो – जस्तोसुकै आगोको भुङ्ग्रोले पनि होलिकालाई जलाउन सक्दैन थियो, पोल्दैन थियो ।

ब्रह्माको वरदानको अहंकारले होलिका प्रह्लादलाई काखमा लिएर आगोको भुङ्ग्रोभित्र पसी, तर अभिमानी, अहंकारीलाई वरदानको सत्यताले काम दिन सकेन, भक्त प्रह्लदलाई अग्निले जलाएन तर पापिनी होलिकालाई अग्निले जलाएर भष्म पारिदियो । हिरण्य कशिपुकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसीले ठूलो उत्सव गरियो । अविर जात्रा भयो, त्यही नै होली पर्वको सुरुवात हन पुग्यो । सत्यका पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतिक होलिका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर, अविर दलेर, दूवो फूल लछर्किएर महोत्सव मनाइयो । फागु पूर्णिमा तिथिको हिसाबले चतुर्दशी तिथि भए पनि बुधबार फागुपर्व अर्थात् होली मनाइँदैछ। ‘भागवतकै दशम स्कन्धमा कृष्णले गोपिनीहरूसँग खेलेको सन्दर्भलाई लिएर होली मनाउने चलन छ’,काफ्ले भन्छिन्। यही प्रसंगलाई लिएर पूर्णिमाको रात होलिका दहन गर्ने परम्परा छ। लौकिक कालगणनाअनुसारको वसन्त ऋतु सुरु हुने खुशीयालीमा होली मनाइएको धारणा पनि छ। होलीमा लगाइने रंगका बेग्लाबेग्लै महत्त्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो।
हिजोआज होलीमा प्रयोग हुने विभिन्न रासायनिक रंगले मानिसको स्वास्थ्यमा हानि र्पुयाउने पक्ष भुलिएको छ। फागु अर्थात् होलीको सुरुआत नै राक्षसी प्रवृत्तिको अन्य गरी दैवीभाव सञ्चार गर्न भएको बताइन्छ। मानिस मानिसबीच सद्भाव र एकता कायम राख्न मनाइने हो। सामाजिक सम्बन्धलाई नवीकरण गर्ने र मजबुत बनाउने अवसर हो।

यहाँ कमेन्ट गर्नुहोस्