१६ आश्विन २०८१, बुधबार

सफल उद्यमी बन्दै ग्रामीण भेगकी महिला

Khabarsabaiko मंगलबार, जेठ ०७, २०७६

हेम बहादुर शाही
हुम्ला,जेष्ठ ७ हुम्ला । पुरुष प्रधान समाजमा पुरुषले मात्र ब्यबसाय गर्नु पर्छ भन्ने मान्यतालाई तोड्दै गाउँकी महीलाहरु उद्यमी बन्न लागेकी छन् बिभिन्न किसिमका सरकारी तथा गैर सरकारी सस्थाहरुको पहलमा गाउँकी महिलाहरुलाई जनचेतनासँगै बिभिन्न किसिमका सिपमुलक तालीम दिए पश्चात गाउँकी अधिकांस महिलाहरु बिभिन्न पेशा तथा ब्यबसाय संलग्न रहँदै आएकी छन् । ति मध्ये एक हुँन् अदानचुली गाउँपालीका वडा न. १ की मालदेबी थापा । कृषि पेशाा तिर संलग्न रहँदै आएकी थापाले हुम्ला जिल्लामा सञ्चालीत सामुदायीक बिकास कार्यक्रम सि डि पी ले सिप बिकास कार्यक्रम मार्फत सिलाई बुनाई तालीम दियो त्यही तालीम उनको लागि अहिले प्रमुख आर्थिक स्रोत बनेको थापाले बताईन् । उनका अनुसार १ महिने सिलाई बुनाई तालीम लगे पछि फेरी कृषि पेष तिर फर्कने मन लागेन , तालीम सम्पन्न भए पश्चात लगत्तै गाउँमा आए , गाउँमा उक्त कार्यक्रम मार्फत ब्याबसाय गर्न गराउनको लागि संस्थाले गठन गरेको प्रत्येक नागरीक सेचेतना केन्द्रलाई १।१ लाख रुपैया दिएको थियो । त्यो एक लाख रुपैया मेरो लागी जिबन परिवर्तनको महत्वपुर्ण आधार बन्यो ।
समुहले १ लाख रुपैया दिएको पछिल्लो दिन नै नजीकैको बाजुराको कोल्टीमा गई मैले केहि बुनाइृका सामग्री , धागो र लक्षी ल्याए अनि केहि पसलका खुद्रा सामग्री पनि ल्याए र साविको श्रीनगरमा रहेको पुछेमडाँडामा कोठा भाडामा लिएर पसल थापे । ब्यबसाया निकै नयाँ थियो नयाँ भएकाले १।२ महिना जाँगर आएन,ब्यापार पनि भएन , बिस्तारै मैले सिकेको सिपलाई प्रदशन गर्न थाले,लक्षीति गरिएका टोपी,मखलर,मोजा,स्वीटर र स्थानीय महिलाहरुका मोबाईल राख्ने कबर बनाई सके पछी बिस्तारै ब्यापारको सूरुवात भएको थियो । टोपीको ५००,मखलरको ६००,मोजाको २००,स्वीटरको ७०० र मोबाईलको खोलको १ सयका दरले बिक्रि गर्न थाले अरु सबै केहि रुपमा बिक्री भए र स्वीटर भने बिक्री भएनन् उनले भनिन् । अहिले गाउँक सबै महिलालाई एक एक मोबाईल राख्ने झोला सस्तोमा बिक्रि गरी बाँडेकी छु,सबै खुसी छन् ।
अहिले आएर निरन्तर त्यही पेसामा रही बुनाई गर्दै खुद्रा पसल चलाई रहेकी छन् कृषि पेसालाई चटक्कै छोडेर यस पेसामा लागि सके पश्चात आफुलाई अब आत्मबिस्वास समेत बढेको बताईन् यही पेषाले खान बस्न र बालबच्चालाई पठन पाठनमा समेत यसैबाट गरेको उनले बताईन । पहिले रुपिया पैसा भने देख्दैन थिए यस कार्यक्रमले मलाई उर्जा दिएको छ । थोरै बिउ पुजीले म अहिले आत्म निर्भर भएकी छु उनि थप्छी ब्यबषाय गर्न पुजी थोरै भयो अलि धेरै भए अँझ कस्तो गर्थे होला ।
बटोमा हिड्नेलाई चिया नास्ता पनि खुवाउछिन् हातमा कहिले टोपी त कहिले माजा बुनीरहन्छन् त्येसैमा पसल पनि चलाउँछीन् बजार नभएकाले धेरै फाईदा त हुँदैन खान बस्न र बालबच्चा पढाउँन जेनातेना पुगेको छ । यिनको पेषा देखेर पुरुषहरु महिलाले पनि ब्यबषाय गर्दा हुँने रहेछ भन्नेमा बिस्वस्त हुँनन्छन् संघर्ष्शिल नागरीक सचेतना केन्द्रकी अध्यक्ष समेत रहेकी उनी आफ्नो नासकेमा कोष परिचालन समेत एक आपसमा गर्दै आएकी छन्
२४ जना सदस्य रहेको उक्त नागरीक सचेताना केन्द्रले महिलाहरुलाई उद्यमी बन्न पे्ररीत मात्र गरेको छैन उद्यमी समेत बनाएको छ । हरेक महिनाको मासिक बार्षिक बैठक बस्दै हिसाव किताब समेत राख्दै आएको छ । पछिल्लो समयमा गाउँमा महिलाहरु उद्यमी बनी घर परिवार सञ्चालनमा सक्रिया हुन थालेकी छन ।

यहाँ कमेन्ट गर्नुहोस्