१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा भ्रष्टचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

Khabarsabaiko बुधबार, जेठ १५, २०७६

अर्जुन बोहरा

हुम्ला
आर्थिक बर्ष सकिनै लाग्दा हुम्ला जिल्लामा एक दिने भ्रष्टाचार नियन्त्रण तथा शुसान प्रर्वद्धन समबन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतले जिल्लाका बिभिन्न सरकारी कार्यलय, संघ,प्रदेश,स्थानीय तह बाट हुने भ्रष्टाचारलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
हुम्ला जिल्लामा बैशाख मशान्त सम्म विभिन्न प्रकारका मुद्धा कति दर्ता भएका छन भन्ने बिषयमा सदरमुकाम सिमककोटैमा अन्तरक्रिया गरेको छ ।
अख्तियार दुरुपयोग आयोगको तथ्याङ्क अनुसार हुम्ला जिल्लामा बैशाख मशान्त सम्म भ्रष्टाचार बिरुद्ध जम्मा ४६ वटा मुद्धा दर्ता भएका छन । जस मध्ये ११ वटा र्फस्यौउट भईसकेका छन । ३६ वटा मुदा बाँकी रहेको र अनुसन्धान प्रक्रिया चलिरहेको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय प्रमुख ज्ञानराज सुवेदीले जानकारी गराउनु भयो । हुम्लामा सबै भन्दा बढि संघिय मामिला तथा सामान्य प्रशासन कार्यालय १८, उर्जाजलश्रोत तथा सिंचाईमा १०, शिक्षामा ५,स्वाथ्यमा ३,खानेपानीमा ३,गृहमा २,कृषि तथा पशुपक्षिमा २,गरिविनिारमा १,वनमा ३ वटा मुद्धा दर्ता भएका सार्वजनिक गरेको छ । अख्तियार दुरुपयोग आयोगमा कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये सुर्खेत जिल्लामा १ सय ८२ वटा मुद्धा र सबै भन्दा कम रुकुम पूर्वमा ४ वटा मुदा उजुरी परेको अख्तियार दुरुपयोग आयोग क्षेत्रिय कार्यालय सुर्खेतका प्रमुख सुवेदीले बताउनु भयो ।
हुम्लामा जिल्लामा भ्रष्टाचारका उजूरी कम हुनुका कारण ग्रामिण क्षेत्रमा सुचनाको कमिकै कारणले सम्बन्धित निकायमा कसरी उजुरी दिने भन्ने बारमा थाहा नभएको स्थानीउ पत्रकार राजन रावतले बताउनु भयो । जिल्लामा संचालन गरेको भ्रटाचार निवारण सम्बन्धी कानून, सूशासन ऐन २०६४ र भ्रष्टचार नियन्त्रण लागी नीति तथा कार्यक्रम,भ्रष्टचार निवारणमा स्थानीय सरकारको भूमिका,नागरिकको दायित्वका बारेमा अख्तियार दुरुपयोग अनुसुन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतका प्रमूख सुवेदीले प्रस्तूती दिनु भयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले भने आगामि दिनमा भ्रष्टाचार नियन्त्रणका लागी आफु कटिबद्द भएर लाग्ने प्रतिवद्ध व्यक्त गर्नु भएको छ ।


हुम्लामा भ्रष्टाचार व्याप्त भएका छन तर भने उजुरी कहाँ दिने भन्ने बिषयमा स्थानीय बासिन्दा लाई थाहा नभएकै कारणले उजुरी कमी भएको वक्ताहरुले टिप्परणी गरेका छन । उता प्रमुख जिल्ला अधिकारी धोलकाज ढंकालका अनुसार प्रोटकल हिसाबले गाउँपालिका लाई नै आगडी राखिएकोले गाउँबाट आएका उजुरी सम्बन्धि निकायामा पठाउने गरेको र अनुगमनको पाटो फितोलो भएकोले प्रमुख जिल्ला अधिकारीकै जिम्मेवारी भएर पनि केहि गर्न नसकिएको स्वीकार गर्नु भयो । जिल्लामा हुने हरेक प्रकारका भ्रष्टाचार नियन्त्रण गर्नको लागि सबै संग समन्वय गरि जान पनि स्थानीय निकाया लाई आग्रह गर्नु भयो बिभिन्न योजनामा क्षेत्रिय स्तरमा भ्रष्टाचार हुने र जिल्ला स्तरमा त्यसको जानकारी नै नआउने गरेको र सुचाना पनि गोप्य राखिने गरकोले पनि कुन योजानामा कति भ्रष्टाचार हुने स्थानिय स्तर सम्म जकानकारी नै नहुने गरेको बिभिन्न बक्ताहरुले बताएका थिए । सबै नागरिक सचेत भएमा भ्रष्टाचार निर्मूल पार्न सकिने बताएका छन । कार्यक्रम अख्तियार दुरुपयोग आयोग मध्यपश्चिम क्षेत्रिय कार्यालय सुर्खेतका प्रमूख सुवेदीको अध्यक्षतामा प्रमुख अथिती समन्वय प्रमुख दान वहादुर रावतको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्