२२ भाद्र २०८१, शनिबार

खोरेतको औषधि अभाव, दिनप्रतिदिन पशुबस्तु मर्न थाले

Khabarsabaiko सोमबार, साउन १३, २०७६

एक महिना देखी हुम्लाका तीन गाउँपालिकामा पशुबस्तुमा खोरेत रोग फैलिएको छ । पशुबस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्नथालेका छन भने भेटेनरी तथा पशुसेवा विज्ञकेन्द्र अनविज्ञ रहेको छ ।

जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा एक रपाँचमा रहेको लेखमा खर्कमा वर्षा लागे सँगै पाटनमा चरिचराउन गर्न लिएका दुई दर्जन भन्दा बढी पशुबस्तुमा खोरेत जिब्रेन रोग पशुमरेका छन भने अन्य पशुबस्तुले प्रभावित बनाएको छ ।

खार्पुनाथ गाउँपालिका वडा पाँच दुर्पागाउँ निवासी पशुपालक कृषकहरुले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुबस्तु यतिबेला मर्न लागेको बारेमा दुर्पा गाउँ निवासी देवसिंह रोकायाले चिन्ता व्यक्त गर्नुभयो । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई घाटाभएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी जिल्लाको सिमकोट गाउँपालिका वडा दुई ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ ।

खार्पुनाथ गाउँपालिका पशुचौपाय लाई उपचारको लागि औषधी भयता पनि स्वास्थ्यकर्मि नभयको र कर्मचारी समायोजनले गर्दा समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार एक गाउँ एक प्राविधीक लाई गाउँ बाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताउनुभयो ।

रोगको उपचारका लागि गाउँपालिकामा पशुस्वास्थ्य शाँखामा कर्मचारी अभाव भएकाले पशुवस्तु लाई भ्याक्सिन सहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउनन समस्या भएको अध्यक्ष रावलले जानकारी दिए ।

सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेखमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागि परेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिनुभयो ।

एउटै वडामा पाँच पशु मरे, ६० भन्दा बढी रोगले प्रभावित

सिमकोट गाउँपालिका वडा सातमा जिब्रेन, खोरेत रोग पाँचवटा गाईवस्तु मरेका छन । एक महिना देखी देखापरेको यो रोग पशुबस्तु मर्न थालेता पनि औषधिको अभाव भएको गाउँपालिका पशु स्वास्थ्य शाखाले स्वीकार गरेको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखामा दुई प्रकारको औषधि हुँदा किसानले निजी मेडिकलबाट महंगो औषधि किनेर लिनुपरेको स्थानिय मन्दिर सिंहले जानकारी दिए । पशुस्वास्थ्य शाखामा दुई प्रकारको सिरिन्ज र पोटैशियन औषधि हुँदा सिमकोट बजारमा रहेको पठाने मेडिकलबाट पचास एमएल एक औषधिको सात सय तिरेर लिनुपरेको सिंहले गुनासो गर्नुभयो ।

पशुस्वास्थ्य शाखामा औषधि नहुँदा खाली भएको सिरिन्ज लिएर गाउँपालिका बाट फिर्ता हुनुपरेको अर्का किसान हरि बहादुर शाहीले दुखेसो गर्नुभयो । गाउँमा फैलिएको रोगका कारण पशुबस्तु मर्नुका साथै विरामले पशुबस्तु थलापरेका हुनाले औषधि लिन गाउँपालिकाको पशुस्वास्थ्य शाखामा आएता पनि औषधि नभएर फिर्ता हुनुपरेको शाहीले जानकारी दिनुभयो ।

वडा सातमा शान्ति शाहीको एउटा जुमा, सिर बहादुर शाहीका दुईवटा गाई, अजय शाहीको एक झोपा एउटा गाई सहित दुईवटा बाछाको मर्दा दुई लाख भन्दा बढीप्े क्षेतिएको उहाँले जानकारी दिनुभयो ।

हुम्लामा एउटा जुमाको मुल्य ७० हजार सम्म पर्ने गर्दछ भने गाईको ३० हजार पर्ने गरेको छ ।

सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा दुई दर्जन पशुबस्तु मर्दा पाँच लाख भन्दा बढी क्षेति पुगेको किसान देवसिंह रोकायाले जानकारी दिए ।

उता सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख हिराजन शाही भने असारमसान्त सकिएकाले नयाँ मसान्त लागेकाले औषधिको अभावभएको बताउनुभयो ।

आठवटै वडाका पशुपालक कृषकले फैलिएको रोगको बारेमा जानकारी दिन नआएको र औषधि मात्रै माग्न आएको बताए ।

स्थानीय निकायामा सोझै बजेट आउँदा खोरेत रोग लगायतका रोगको पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचार प्रसार गर्दै किसान स्तरसम्म पठाइने गरिएको भनियता पनि पशुस्वाथ्य कर्मिकै अभावले अहिले रोग प्रभावित क्षेत्रमा पशुस्वास्थ्यकर्मी पठाउन नसकिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्