२७ भाद्र २०८१, बिहिबार

जनप्रतिनिधिमा सवारीसाधन प्रति मोह

Khabarsabaiko बिहिबार, साउन ३०, २०७६

जुम्ला

जुम्लाका आठ स्थानीय तहका जनप्रतिनिधिहरुमा अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन प्रति मोह देखिएको छ । जुम्लाका जनप्रतिनिधि करीब रु ८३ देखि ५४ लाखसम्मका सवारीसाधन प्रयोग गर्दै आएका छन् ।

ऐन कानूनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो स्थानीय तहको आन्तरिक स्रोत जुटाई सवारीसाधनको सुविधा पाउने उल्लेख छ तर जुम्लका स्थानीय तहमा आन्तरिक स्रोतमा कुनै आम्दानी गरेका छैन् । सोही कानूनलाई टेकेर चर्को मूल्यका सवारीसाधन उनीहरुले किनिरहेका छन् । स्थानीय तहमा प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी सवारीसाधन प्रयोग गरेको पाइन्छ । केही वडाध्यक्षहरूले सवारी प्रयोग नगरे पनि अधिकांशले प्रयोग गरेका छन् ।

चन्दननाथ नगरपालिकाका जनप्रतिनिधि आएपछि नगर प्रमुखका लागि ८३ लाखको नयाँ गाडि खरिद गरिएकोउपप्रमुखका लागी पहिलो नगरपालिकाले खरिद गरिएको ३६ लाखको सवारीे साधन रहेको नगरपालिका सूचना अधिकारी ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।

त्यस्तै, १,५ वडा कार्यालयका वडा अध्यक्षका लागी २ लाख ५० हजारमा पल्सर २ वटा मोटरसाईल खरीद गरिएको अरु बाकीं वडाका अध्यक्षले आफ्नो निजी मोटरसाईकल प्रयोग गरे मार्फतमा प्रतिमहिना ५ लिटरका दरले पेट्रोल खर्च लिने गरेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिनुभयो ।

त्यस्तै, कनकनसुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत र उपअध्यक्ष उर्मिला खत्र्री चढ्ने स्कार्पिया गाडीको बजार मूल्य रु ४३ लाख हो । कनकासुन्दरी गाउँपालिका आठ वडा अध्यक्षले २ लाख ५० हजारका दरले १५० सिसिको वाईक वडा सचिवहरुले प्रयोग गरिरहेको गाउँपालिका अध्यक्ष नरविर रावतले बताउनुभयो । सवारी मोहको बारेमा जिज्ञासा राख्दा कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले कामको सिलसिलामा आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सवारीका साधन खरीद गर्नुपरेको बताउनुभयो ।

सिजां गाउँपालिका अध्यक्ष देवलसिंह रावल र उपाध्यक्ष जन्नकन्य खत्री पनि रु ५५ लाखको गाडीमा चढ्नु हुन्छ । पालिकाका सूचना अधिकारी धर्मेन्द्र शर्माका अनुसार वडाध्यक्षहरूका लागि प्रतिमोटरसाइकल करीब रु दुई लाख ५० हजार मूल्यका ६ वडाका वडा अध्यक्ष लाई बाईक पालिकाले खरीद गरेको ५ नम्बर वडाका वडा अध्यक्षले प्रयोग नगरेको सूचना अधिकारी शर्माले बताउनुभयो ।

यस विषयमा जिज्ञासा राख्दा पालिका अध्यक्ष रावलले अध्यक्ष र उपध्यक्ष लाई गाडी खरिद गरेको र सबै वडा अध्यक्ष लाई मोटरसाईकल खरिद गरेको उनले बताए । आफ्नो सेवा सुविधाका लागि नभई जनप्रतिनिधिले गाउँपालिकाको धेरै काम गर्नुपर्ने र जिल्ला र प्रदेशसम्म पनि काम गर्न जानुपर्ने भएकाले बाध्यताले प्रयोग गर्नु परेको अध्यक्षले बताउनुधयो । गाविस हुँदा मोटरसाइकल प्रयोग हुन्थ्यो, आज गाउँपालिका हँुदा गाउँपालिकाले धेरै काम गर्नुपर्ने भएकाले मोटरसाईकल प्रयोग गरेको हो ।” उहाँले भन्नुभयो

तिला गाउँपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीको लागि मोटरसाइकल र गाडी खरीद गरिएको छ । गाउँपालिका अध्यक्षका लागि पूर्व सभामुकाम सुवास नेम्वाङ चढ्ने गाडि गाउँपालिकाले मर्मत खर्च ६ लाख गरेर स्कार्पियो, गाडि खरिद गरिएको र ३ लाख २० हजारको रेसा कम्पनीको स्कुटर,उपप्रमुख विष्णु बुढाको लागी र ९ वटा वडाध्यक्षका लागी १५० सिसी डिसकपर मोटरसाइएकल खरिद गरिएको गाउँपालिका उपध्यक्ष विष्णु बुढाले रासस लाई जानककारी दिनुभयो । साविकको गाविस हुने बेलाका दुई वटा मोटरसाइकलबाहेक अन्य १५० सिसीका पल्सर बाईक भएको उहाँले जानकारी दिनुभयो ।

यता तिला १ वडा का वडाध्यक्ष परबहादुर रावतले गाउँपालिकाले दिएको मोटरसाइकल नल्याउने सोच दिए गाउँपालिकाले जवजस्ती वडा कार्यकाल छोडे मोटरसाईकल चलाउन पनि मलाई आउदैन अहिले मोटरसाईकल प्रयोग नगरेर वडा कार्यालयमै राखेको वडा अध्यक्ष रावतले बताउनुभयो । “सवारीजस्ता सेवासुविधा राजनीति संस्कार भएको व्यक्तिलाई उपयुक्त हुँदैन ।” उहाँले भन्नुभयो, “हामी जनताको सेवा गर्न आएको हौँ, आज हामीले सवारीसाधन प्रयोग गरेर पनि कार्यकाल सकिएपछि त्यो छाडेर जानु पर्दछ ।” सवारी लिँदा जनताले पनि नराम्रो सोच्ने भएकाले आफूले मोटरसाइल गाउँपालिका लाई फिर्ता गर्न लागेको उहाँले बताउनुभयो ।

त्यसैगरी, तातोपानी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाका वडा अध्यक्ष लाई १५० सिसीको रु दुई लाख ४० हजार बराबरको मोटरसाइकल खरीद गरेको तातोपानी गाउँपालिका सूचना अधिकारी ऋषिकेश उपाध्यायले बताउनुभयो ।त्यस्तै पातारासी,गुठिचौर,हिमा गाउँपालिकाले पनि पालिकाका अध्यक्ष र उपध्याक्ष र वडा अध्यक्ष लाई २ लाख बराबरका मोटरसाईकल खरिद गरिएका छन् । जनप्रतिनिधिका लागि सवारीसाधन आवश्यक हो तर आर्थिक स्रोतको आँकलन नगरी जनताबाट उठाएको करबाट बढी मूल्यको सवारीसाधन खरीद गर्दा नागरिकबाट उनीहरू आलोचित भएका छन् ।

जनता बाट महँ्रगो राजस्व उठाई पालिकाले दिने सेवासुविधा भन्दा विलासी जिवन शैलीका उद्दश्यले गाडि र मोटरसाईकल फेसनका रूपमा प्रयोग गरेका नेपाल पत्रकार महासंघका शाखा जुम्लाका अध्यक्ष बरम बहादुर महतले बताउनुभयो । उहाँले जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकलजस्ता सवारीसाधन किन्नुपर्ने हो तर, जनप्रतिनिधिले आफ्नो घरमा मोटरसाईकल थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको अध्यक्ष महतले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्