०२ जेठ २०७९, सोमबार

अपडेट : हुम्लामा जीप दुर्घटना सात जना घाईते

Khabarsabaiko बिहिबार, आश्विन २३, २०७६

हुम्ला,
हुम्लाको सदरमुकाम सिमकोटबाट खार्पु जादै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सदरमुकाम सिमकोट बाट विहिबार अपरान्ह ४ बजे ४५ मिनेटमा खापु सडक खण्ड जादै गर्दा स्याम्ने खोलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

खार्पु सडक खण्डमा जादै गरेको लु २ च २२६७ जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिए ।

बोलेरो जीप दुर्घटना हुँदा तीन जना बच्चा सहित अन्य चार जना सामान्य घाईतेभएको उहाँले जानकारी दिनुभयो ।

जीज दुर्घटनामा घाईते हुनेमा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा सहित तीन जना बच्चा दिपक टमटा, हौसेली रोकाया, शैलेश रोकाया रहेका छन।

जीपमा १५ जना यात्रुरहेको मध्य अन्यको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो । घाईते सातजनालाई अिहले जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

बोलेरो जीपको टुटफुट भएको छ भने घाईतेलाई कसैको घाटीमा ,टाउको चोट लाग्नुको साथै कमला टमटाको हात सुनिनुको साथै बढी चोट देखिएको छ । सातैजनालाई भित्री शरिमा चोट लागेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिए छ ।

भरखर गाडी सिक्दै गरेकासहदेभ जेठराले बोलेरो जीप चलाएको जनाईएको छ ।

हुम्लामा जीप दुर्घटना तीन बच्चा सहित अन्य चारजना घाईते

यहाँ कमेन्ट गर्नुहोस्