१६ आश्विन २०८१, बुधबार

हुम्लामा उत्पादित विरूवा धादिङ् पुगे तर चर्को मुल्यमा बोट–बिरुवा जिल्ला भित्र्याउँदै स्थानीय तह

Khabarsabaiko बुधबार, माघ २९, २०७६

उच्च हिमाली जिल्ला हुम्लाका किसानहरुले उत्पादन गरेका बोट बिरुवा अहिले नेपालको राजधानी नजिक रहेको जिल्ला धादिङ पुगेका छन् । सदरदमुकाम सिमकोट भन्दा ४५ कोष टाढा रहेको साविक मदना गाविस हाल ताँजाकोट वडा ५ का किसानहरुले गाउँमै फलफुलका बोट बिरुवा उत्पादन गरिरहेका छन् ।

हुम्ला दुर्गम जिल्लाका रुपमा परिचित रहेको जसमा वडा ५ मदना गाउँ निकै दुर्गम मानिएको भएता पनि त्यहाँका किसानहरुले स्याउ, ओखर, आरु, कागतीका  बिरुवा बेचेका छन् । बिरूवा धादिङमा सञ्चालीत कादुरी नामक संस्थाले  किनेर लिएको छ ।

यहाँका स्थानीय रविका अनुसार मदनामा सञ्चालीत हिमालयन पर्माकल्चर केन्द्र शाखा कार्यालय मदना हुम्लाको सहकार्यमा उक्त बिरुवाहरु धादिङ पुर्याईएको हो । हुम्लाबाट स्याउ,ओखर, आरु, कागतीका बोट बिरुवा धादिङ सम्म पुराउन गौतम फलफुल तथा पशुपालन फर्म ताँजाकोटले पनि सहयोग गरेको उनले बताए ।

स्याउ, ओखर, आरु, कागतीका जम्मा २ हजार ४ सय बोट विक्री भएको किसान पौमल ऐडीले बताउनुभयो । पहिलो पटक भएकाले प्रति बोटको रु ४० रुपैंयाका दरले विक्री गरिएको ऐडीले बताउनुभयो । मदाना किसानहरुले विक्री गरेका बोट–बिरुवा बाजुरा जिल्लाको धुलाचौर सम्म भारी बोकाएर ज्याला तिरेर लगिएको थियो भने धुलाचौर देखि सुर्खेत हुँदै धादिङ सम्म गाडीमा पुगेका छन् ।
उच्च हिमाली जिल्ला हुम्लामा उत्पादित भएका बोट बिरुवा नेपालको राजधानी नजिकै धादिङ पुग्दा यहाँका किसानहरु थप खुसि र उत्साहित समेत भएका छन् ।

चर्को मुल्यमा बोट–बिरुवा जिल्ला भित्र्याउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरुले आफ्नो निती तथा कार्यक्रम अनुसार आफ्ना पालिका भित्र रहेका कृषकलाई स्याउ, ओखर अनुदानमा वितरण गर्ने गरेका छन् । सिमकोट गाउँपालिका गत वर्ष आफ्ना पालिका भित्र रहेका वडा एक देखि आठ सम्मका किसानहरुलाई निवेदनका आधारमा स्याउ, ओखर वितरण गरेको थियो ।

यस्तै नाम्खा गाउँपालिकाले पनि आफ्ना वडा भित्र रहेका किसानहरुलाई स्याउ, ओखरका बोट विरुवा वितर गरेको थियो । सोही निती तथा कार्यक्रमलाई दुई गाउँपालिकाले यो वर्ष पनि स्याउ, ओखरका विरुवा वितरण गर्ने भएका छन् ।

सिमकोट गाउँपालिकाले १२ हजार स्याउ, ३ हजार ओखरका बोट चंखेली गाउँपालिकाका किसानहरुले उत्पादन गरेका ल्याएर वितरण गर्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताउनुभयो ।

उनले भने जिल्ला बाहिर बाट ल्याउँदा महंगो मुल्य पर्नेभएकाले पनि यो वर्ष जिल्लाकै किसानले उत्पादन गरेका स्याउ ओखरका बोट किनेर एक हप्तामा नै सिमकोट पुग्ने शाहीले बताए । शाहीका अनुसार चंखेली गाउँपालिकाको दार्मा, मिमी गाउँका किसानहरुले उत्पादन गरेका स्याउ, ओखरका प्रति बोटको रु ७७ रुपैंयामा किनेको शाहीले बताउनुभयो । गत वर्ष वितरण गरिएका स्याउ ओखरका बोट विरुवा जुम्लाबाट ल्याएको शाहीले बताउनुभयो ।
यस्तै नाम्खा गाउँपालिकाले जुम्लाबाट स्याउ, ओखर गरीरु ५ हजार बोट बिरुवा जुम्लाबाट जिल्लामा ल्याईएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । उनले भने नाम्खा गाउँपालिकाले स्याउ खेती हुने सम्भावित व्यवसायिक स्याउ खेती गर्न स्याउका ल्याईएको हो । नाम्खा गाउँपालिकाको उच्च क्षेत्रमा रहेको लिमीमा पनि यो वर्ष परिक्षणका लागी स्याउ, ओखरका विरुवा त्यहाँका किसानलाई वितरण गरिने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

जुम्लाबाट सिधै हवाई उडान हुनेभएकाले जुम्लामा खरिद गरेका स्याउ,ओखर सिमकोट सम्म आईपुग्न ८० रुपैंया पर्न गएको पालिका अध्यक्ष लामाले बताउनुभयो ।

ताँजाकोट गाउँपालिकाका किसानले जिल्लामै उत्पादन गरेका स्याउ, ओखरका विरुवाले बजार नपाउँदा यो वर्ष धादिङ पुगेका छन् । विगतका वर्षहरुमा भने ताँजाकोट गाउँपालिका मदनाका किसानले उत्पादन गरेका बोट बिरुवा भने कुहियर खेर जाने गरेका थिए । तर नाम्खा गाउँपालिकाले भने यो वर्ष पनि जुम्लाबाट स्याउ, ओखरका बिरुवा चर्को मुल्यमा खरिद गरेर ल्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्