१६ चैत्र २०८०, शुक्रबार

दुर्गमका महिलाको प्रश्नः एक दिने नारी दिवस लाई

Khabarsabaiko आइतबार, फाल्गुण २५, २०७६

अन्तराष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा मनाइएको हो । सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कामको माग गर्दै संघर्ष सुरु गरे । सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सारे । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तराष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । न्यूयोर्कमा भएको संघर्षलाई स्मरण गर्दै हरेक वर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने गरिएको छ नेपालका सन्दर्भमा पनि विभिन्न कार्यक्रमका साथ मनाउदै आएको पाईन्छ ।

विभिन्न सरकारी, गैरसरकारी महिलावादी संघ संगठनले विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाउने पाईएको छ।  आज फागुन महिना २५ गते ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो । एक दिने नारी दिवस मनाउँदै गर्दा दुर्गमका महिलाको प्रश्न छ।

देशभरि नारी दिवस मनाइरहँदा ग्रामीण क्षेत्रका कतिपय महिलाहरुलाई भने आज नारी दिवस हो भन्ने समेत थाहा छैन । ग्रामीण तथा दुर्गमका महिलालाई आफ्ना बारेमा कहिल्यै चेतना भएन र दुर्गम क्षेत्रका कतिपय महिलाहरुलाई नारी दिवस केका लागि मनाइन्छ भन्नेसमेत थाहा छैन । के नारी दिवस के दिवसमा मात्र सीमित हुने हो ?  दिनानुदिन महिला हिंसा बढ्दै गर्दा नारीले हेरेर मात्र बस्ने हो ? नारी दिवस केका लागि, हामी नारी केका लागि भन्ने प्रश्न खडा गरिएको छ ।

नेपाली नारी हरेक कोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् ।आज पनि पाँच वर्षकी बालिका देखी लिएर ६० बर्षकी बृद्धा नै किन नहोस् हिजोका दिनमा जस्तै आज पनि दासि र कतै बलत्कृत बनिरहेका छन् । ति न हिजो सुरक्षित थिए न आज छन् ।

पुरुषहरुको मानसिकता हिजोका दिनमा जस्तै आज पनि महान पुरुषहरुको दम्ब नशा–नशामा दौडिरहेको छ । महिला हिजो पनि समाजिक अपहेलना र विभिन्न आरोपमा पिडित थिए, आज पनि त्यही स्थिति कायमै छ । महिला हिंसा, लैङ्गिक बिभेद, छाउपडी प्रथा जस्ता कुराले महिलालाई पछाडी पारिने अझ धेरै परम्परा कायमै छन् ।

महिलाहरुको दैनिकी परापूर्वकाल देखि जे को त्यही अहिलेसम्म पनि चलिरहेको छ । के यसलाई परिर्वतन गर्न सक्छ, एक दिन मनाइने अन्तर्रा्ष्ट्रिय नारी दिवसले प्रश्न यो पनि हो र ३ सय ६५ दिनमध्ये एक दिन नारी दिवस मनाउँदैमा नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ ? के एक दिन मात्रै नारीलाई स्वतन्त्रता चाहिएको हो र ? अथवा, नारीलाई अझ बढी दमन गर्ने पुरुषवादी सोचको परिणाम हो, नारी दिवस ? आज फेरि एकपटक महिलालाई विभिन्न सभा सम्मेलनमा दया पात्रको रुपमा सम्बोधन गरेर हास्यपात्र बनाइँदै छ ।

त्यस्ता सम्मेलनमा नारीको वकालतका निम्ति लाखौं डलर खर्चिने छन् । धेरैले भाषण गर्ने र महिला सेवा गरेको जस्तो देखाउने अवसर पाउने छन् । बर्षभरि अनेक पीडाबाट प्रताडित महिला पनि आज स्वतन्त्रताका भाषण सुन्न पाउने छन् । तर, यो सबै वर्षमा एकदिन मात्रै किन ? नारी स्वतन्त्रता हरेक दिन हुनुपर्ने होइन र ?  विदेशी डलरमा खेलिरहेका महिला अधिकारकर्मी आजका दिन खुबै तात्ने छन् । चर्काचर्का भाषण गर्दै नारीको ३३ प्रतिशत अधिकारको माग हुनेछ । तर, भोलिबाट नारी स्वतन्त्र र अधिकारलाई सबैले बिर्सने छन् ।

व्यवहारतः लागू नहुने स्वतन्त्रताका नाममा आज एक दिन नौंटंकी किन ? उपलब्धिहीन नारी दिवसको औचित्य के ? नारी दिवसबिना नारीले आफ्नो अस्तित्व कायम राख्न नसक्ने नै हो ?  यी र यस्तै अनुउत्तरित प्रश्नहरुकौ जवाफ खोज्ने समय आएको छ । नारी दिवसलाई भब्यता र सालिनताका साथ सम्पन्न गर्दै पाँचतारे होटेलमा प्रतिबेदन र कार्य्दिशा तयार गरिरहँदा यता कति महिला शोषण सहन बाध्य भैरहेका होलान् भन्ने तर्फ चाँहि कस्को ध्यान जाने ? हरेक आपराधिक गतिविधिको शिकार यतिबेला नारीलाई मात्र बनाइएको छ । महिलाका लागि कानुन समेत मितब्ययी नभएको देशका हामी नारी भएको कानुनको पनि उपभोग गर्न बाट बन्चित छौँ ।

राज्यको हरेक तप्का अनि हिंसाविरुद्ध आवाज किन उठाउँदैन नारीले हिंसा सहेर नै बसेकी हुन्छे । जो अनेक हिंसा सहेर बसेकी हुन्छे नारी । प्राय नारीहरू बाहिरी रुपमा खुसी भए पनि भित्रीरुपमा दुःखी हुन्छन् । थुप्रै नारी नेतृ तथा देशका मुख्य नेतृत्वले भनेका कुरा याद आएको छ । नारीको हक अधिकारको आवाजहरु सुनेको पहपनि धेरै भयो तर आवाजमा मात्र सीमित छ, व्यवहारमा होइन ।

व्यववहारमा कहिले लागू हुन्छ, त्यो त थाहा छैन । कुनै एउटा पुरुष कार्यक्रममा पुग्छ, जसले नारीको विश्लेशण गर्छ नारी देवी हुन् भन्छ । आधा आकाश ढाकेकी नारीलाई पूजा गर्नुपर्छ । नारी गहना हुन नारीलाई गहनाको रुपमा लिनुपर्छ भन्छ । तर त्यही पुरुष कुनै कार्यक्रम सकेर फर्कन्छ घर नपुगी नारीको अनेकथरी कुरा काट्छ । जसले घरबाहिर आदर्शको कुरा गर्दछ ।उसले घरभित्र हिंसा गरिरहेको हुन्छ । जुन पुरुषको भाषण भाषमा मात्र सीमित हुन्छ, व्यवहारमा हुँदैन ।

त्यस्तै महिला नेतृ पनि भाषणमा मात्र सीमित हुन्छन् । भन्छन् हामी महिला हौँ, आधा आकाश ढाकेका महिला हौँ । महिला हक अधिकार माग्नुपर्छ । पाइएन भने खोसेर लिनुपर्दछ तर ती महिला नेतृ पनि भाषणमा मात्र सीमित हुन्छन् । कार्यक्रमको भाषण सकेर घर पुग्दा आफ्नै श्रीमानबाट हेपिइरहेकी हुन्छिन अहिले नारीको आवाज उठाउने थुप्रै सङ्घसंस्था छन् । नारीका पक्षमा आवाज उठाउने नेतृहरु पनि सहरमा मात्र केन्द्रित छन् । दुर्गम क्षेत्रका नारीहरुको अवस्थाका बारेमा उनीहरुको आँखा जाँदैनन् । सयौँ घटना घटिरहँदा चुपचाप बस्ने नारी नेतृहरुले कसरी दुर्गम क्षेत्रका नारीलाई उद्धार गर्न सक्छन र ? कर्णालीका नारीहरु महिनावारीको समयमा गोठमा बस्दा कयौंले ज्यान गुमाएका छन् । थुप्रै महिला नेतृहरु सङ्घसंस्थाको अगुवा भए पनि ग्रामीण भेगका यी महिलालाई तिनीहरुका कार्यक्रमले छोएको छैन आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । विश्वभर नारी दिवस मनाउदै दुर्गमका महिला को यस्ता धेरै पश्न छन् ।

यहाँ कमेन्ट गर्नुहोस्