०३ कार्तिक २०८१, शनिबार

कोरोना परिक्षणलाई तिव्र वनाउन मुख्यमन्त्री शाहीको निर्देशन

Khabarsabaiko शनिबार, बैशाख १३, २०७७

कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्रवहादुर शाहीको कर्णालीप्रदेशमाकोरोनाभाईरस (कोभिड–१९)को परिक्षणलाई तिव्र वनाउन निर्देशन गर्नुभएको छ । शनिवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालयमा वसेको विपद् व्यवस्थापन केन्द्रको वैठकमावोल्दै पछिल्लो वेलाप्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीतगरि कोरोना परिक्षणलाई तिव्रता दिन निर्देशन गर्नुभएको हो ।

मुख्यमन्त्रीशाहीले लकडाउनले समस्यामा परेकाकारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रतादिन जरुरी रहेको वताउनुभयो ।

कोरोना परिक्षणकालागिआवश्यक र्यापिड टेस्ट कीटलगायतका सामाग्रिको तत्कालआपुर्ती व्यवस्थामिलाउनमुख्यमन्त्रीशाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिनु भयो ।उहाँले संघीय सरकार वाट प्राप्तहुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुननसक्ने अवस्थामा खरिद गरेर भएपनि परिक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने वताउनुभयो ।

कोरोनाको जोखिम क्षेत्र पुर्वी तराई र भारतवाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो ।

कोरोना परिक्षण तथानियन्त्रण कार्यका लागि सम्वन्धित स्थानीयतहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकिकृत प्रतिकार्य समुह निर्माण गरि परिचालन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्यकर्मी सहितको एकिकृत समुहले स्थानीयतहमा रहेका क्वारेन्टाईन र कोरोना भाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परिक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँचगर्ने व्यवस्था मिलाउनुपर्ने पनि मुख्यमन्त्रीको भनाई छ ।

शनिवार सम्पन्न प्रदेश विपद्व्स्थापन केन्द्रको वैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमाअस्थायीवसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफ्नो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतकानागरिकलाई सम्वन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीयतहको समन्वयमा घर फर्कन दिने निर्णय गरेको छ ।

प्रदेश विपद व्यवस्थापन केन्द्रको २०७७।०१।१३ गतेको बैठकका निर्णयहरूः

१। यस प्रदेशमा अन्य जिल्ला र प्रदेशबाट अध्ययन वा कामको सिलसिलामा आई अस्थायी रूपमा बसोबास गरिरहेका, लकडाउनको कारण समस्यामा परेका र आफ्नो प्रदेश वा जिल्ला फर्कन चाहने विद्यार्थी तथा कामदारहरूलाई आ(आफ्नो प्रदेश, जिल्लार स्थानीयतहको समन्वयमा सुरक्षा निकायसंग आवश्यक समन्वय गरी घर फिर्ता हुन दिने।

२। COVID-19 को जोखिम क्षेत्र  जस्तैः पूर्वी तराई र भारतबाट प्रवेश गरेका नागरिकहरूलाई सम्बन्धित जिल्ला र पालिकाहरूले अनिवार्य रूपमा क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने। अन्य जिल्लाका क्वारेन्टाइनमा बसी सुरक्षित तवरले ९अन्य व्यक्तिहरूको सम्पर्कमा नआई प्रदेशभित्र प्रवेश गरेका व्यक्तिहरुलाई सम्बन्धितक्वारेन्टाइनमा बसेको प्रमाणका आधारमा जिल्लारपालिकाहरूमा समन्वय गरी पठाउने।

३। कोरोना परीक्षण तथा रोग नियन्त्रण कार्यका लागि स्थानीय तहमा एकिकृत प्रतिकार्य रणनीति तयार गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवक सम्मिलित एकिकृत प्रतिकार्य समूह गठन गरी परिचालन गर्ने। स्थानीय तहमा COVID-19 प्रतिकार्यका लागि गठन हुने एकिकृत प्रतिकार्य समूहका लागि तीनवटै सुरक्षा निकायहरुबाट आ आफ्नो क्षेत्रगत उपस्थितिका आधारमा परिचालन योजना तयार गर्ने।

४। स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मंप कार्यालयमा, जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकायहरू र प्रदेश स्वास्थ्य निर्देशनालय बाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि दैनिक प्रगति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहको कार्यकारी समितिमा ([email protected]) प्रत्येक दिन दिनको १ बजे भित्रमा अनिवार्य रुपमा पठाउने। PCMC प्रदेशको एकिकृत दैनिक प्रतिवेदन CCMC र अन्य सम्बद्ध निकायहरूमा पठाउने।

५। २०७६ चैत्र १ पछाडि बाहिरी जिल्लाबाट स्थानीय तहमा आएका ब्यक्तिहरूको वैयक्तिक विवरण तथा भ्रमण इतिहास सम्बन्धित स्थानीय तहले तयार गरी प्रतिवेदन गर्ने।

६। COVID-19 को सम्भावित जोखिमबाट बच्नको लागि सम्भाब्य संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरूको सम्पर्क विवरण (Contact Tracing) का लागि सहज हुने मोबाइल एप्लिकेशन नेपाल ट्रेस को प्रयोग गर्नरगराउन स्थानीय तहहरू र जिल्लाले जनसमुदायलाई अनुरोध गर्ने। उक्त एप्लिकेशन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाईटवेवसाईट www.ocmcm.karnali.gov.np र नेपाल ट्रेसको वेवसाईट www.nepaltrace.gov.np बाट प्राप्त गर्न सकिनेछ।
७। उच्च सुरक्षा सावधानी अपनाएर दैनिक उपभोग्य सामाग्रीको ढुवानी तथा आपुर्तीव्यवस्था मिलाउने।

यहाँ कमेन्ट गर्नुहोस्