About Contact Links
Close
बिज्ञापन
प्रकृति माथीे मानविय हस्तक्षेप र आजको समाज

Khabarsabaiko सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

मानव समाजको बनोटलाई हेर्दा यस भित्र राजनीति, अर्थव्यवस्था र संस्कृति मुलभुत रुपमा देख्न सकिन्छ । यी मानव समाजका प्रणालीहरुको उत्पति, विकास र सञ्चालन पक्रिया प्रकृति हुन्छ किनकी प्रमुख पात्र मानिस स्वंयम प्रकृति कै विवेशिल प्राणाी हो । समाजलाई संस्कृति र अर्थव्यवस्थाको प्रयुक्त तालमेल गराउँदै राजनीतिक नेतृत्वले व्यवस्थापन र सञ्चालन गर्ने हो । वर्तमान समाज विकृत पुँजिबादी अर्थव्यवस्था र पुरातन संस्कारले पुर्णरुपमा मुक्त भने छैन । यसका नकरात्मक प्रभावहरु प्रत्यक्ष एवं परोक्ष रुपमा पर्यावरण र मानव समाजमा देखापरेका छन् । यी र यस्तै बिषयमा यहाँ प्रस्तुत गरिन्छ ;

प्रकृतिको सार्वभौमकता माथीको निरन्तरको हमलाले आज स्ंवयम मानवजातीको अस्तित्व खतरामा पदै छ । पृथ्वीमा रहेका सम्पुर्ण प्राणी र वनस्पतीहरुको प्रकृतिप्रतिको साझा भावना र प्रत्येक प्रजातीले आफनो अस्तित्व रक्षाका लागी आधारभुत रुपमा गरिने उपभोग्य अधिकार वास्तवमा प्रकृतिको सार्वभौमिकता हो । यस विषयमा अर्ने नेइस द्धारा अगाडी सारिएको सघन पर्यावरणको अवधारणा सान्दर्भिक छ । यस अवधारणा अनुसार, प्रकृतिमा मानिसको अस्तित्व ज्यादा र अन्य जीवहरुको कम भन्ने हुदैन । मानिस जत्तिकै अस्तित्व रक्षाका लागी प्रकृतिको उपभोग गर्न पाउने अधिकार अन्य जीवित प्राणीहरुमा रहन्छ । करिव एक लाख बर्ष अघि अफ्रिकाको जंगलमा आफनो अस्तित्व रक्षाका लागी संघर्षरत मानिस, आज प्रकृतिमाथी अधिनायकत्व अर्थात एकाधिकार कायम राख्न सफल भएको छ । सफलताको प्रमुख आधार मानिसमा पलाउने बुद्धि र उसको विवेक नै हो । यसकै माध्यमबाट विज्ञान र प्रविधिको क्षेत्रमा गरिएको अतभुत आविष्कार पनि हो । आविष्कारले मानिसका विभिन्न काम तथा गतिविधीहरुलाई सहज र सरल त बनायो तर यसले मानिस लगाएत प्राकृतिक पक्रियाहरुलाई समेत कृत्रिमीकरण गदै मानव जीवनलाई जटिलता तिर धकेलेको छ । आज मानिसहरु बिलाषिता र आवश्यकता भन्दा वढी प्राकृतिक स्रोत साधनहरुको दोहनले पर्यावरणमा ठृलो संकट सिर्जना गदै छन् । त्यस्तै गरी Yuval Noah Harari (A Brief History of Humankind) का अनुसार, प्रकृतिमा रहेका करिव ८७ लाख प्रजातिहरु एउटै प्रजाती मानव (Homo Sapiens) प्रजातिको निर्णयमा कैद भएका छन् । मानिस प्रकृतिमा सर्वव्यापी रुपमा शक्तीशाली प्राणीका रुपमा कायम छ । अर्थात प्रकृतिको मालिक बन्न पुगेको छ । त्यसैले प्रकृति माथीको आधिपत्य छोडी संरक्षणमा प्रयत्न्न गर्ने वा विभत्स हत्या गर्ने, त्यसको पुर्ण जिम्मा मानव जातीमा निहित रहेको छ । प्रकृतिको भविष्य मानिसका गतिविधी र व्यवहारमा निर्भर छ । अर्को कुरो जीवित प्राणी बिना प्रकृति र प्रकृति बिनाको जीवित प्राणी अकल्पनिय छ ।

त्यस्तै गरी पुँजिबादी विश्व अर्थव्यवस्था द्धारा प्रयास गरिएको वातावरण तथा जैविक विविधता संरक्षणका कार्यले प्रकृति एवं पर्यावरणको अस्तित्व रक्षा सम्भव छैन । यो त शक्तीशाली एवं विकशित राष्टहरुको एक ले अर्कोलाई कथित विकासमा उछिन्ने वलियो रणनीति मात्र हो । मानव प्राणीको अस्तित्व सहित पर्यावरणको संरक्षण गर्न नयाँ धारबाट बहस गर्न आवश्यक छ । पछिल्लो समयमा हिमाली आरोही र अर्ने नेइसको सघन पर्यावरणको अवधारणा विभिन्न अन्र्तराष्टिय पर्यावरण संरक्षणका फोरमहरुमा प्रस्तृत हुदै आएको पाइन्छ । यस अवधारणाले मुलभुत रुपमा निम्न २ वटा मान्यता अगाडी सारेको छ

  • पृथ्वीका सवै सत्ताको समान अस्तित्व भएकोले सवैले आफनो स्थान पाउनु पर्ने
  • पारिस्थितिक चक्र मानवकेन्द्रीकृत नभई जीव केन्द्रीकृत भएकोले मानिसले आफनो एकाधिकारी सोच परिवर्तन गर्नुपर्ने

त्यसैले स्वतन्त्र रुपमा प्रकृतिका नियम मार्फत सामान्य मानव जीवन सहितको सुन्दर प्रकृतिको निर्माण गर्ने दिशामा व्यक्ति, समाज, राष्ट र सिङगो विश्व अर्थव्यवस्थाले सचेतन प्रयत्न गर्नुपर्ने देखिन्छ । मानिसले प्रकृतिलाई आफनो पेवा ठान्नु गलत हो । सहज रुपमा प्रकृति माथीको आधिपत्य छोडनु नै पर्यावरण संरक्षणको प्रमुख आधार हुन्छ । अधिकांश विश्वलाई विकृत पुँजिबादी चरित्रले ढाकेको छ । विश्व मानव समाज पुँजिको सम्पन्नताका आधारमा विभाजित रहेको छ । अति सम्पन्न जसलाई विकशित राष्टहरु भनिन्छन । विकशित राष्टको वृतमा पुग्न प्रयासरत अर्ध विकशित राष्ट जसलाई अल्पविकशित राष्टहरु मानिन्छन् भने तेस्रो थरीमा त्यस्ता राष्टहरु पर्दछन जहाँ प्रविधिको त्यति विकास नभएका, अन्य राष्टका जनता भन्दा साधारण जीवन शैली भएका, न्यन प्रतिव्यक्ति आय भएका, ती हुन अविकशित राष्टहरु । विकशित र अल्पविकशित राष्टहरुले प्राकृतिक स्रोत साधनहरुको चरम रुपमा उपभोग गदै विभिन्न क्षेत्रका कलकारखाना, उद्योगहरु धन्दा लगाएतका सुरक्षाका लागी आणविक भटटीहरु समेत सञ्चालन गरेका छन् । राष्टहरुको सम्पन्नता मापन गर्ने प्रमुख सुचकका रुपमा प्रतिव्यक्ति आयलाई लिने गरिएको छ । यसले स्पस्ट गर्छ की राष्टहरुले उपलव्ध साधन स्रोतहरुको अधिकतम उपभोग गदै विश्व पुँजीबादी सम्पन्नताको दौडमा सहभागी हुने । जसका कारण आज पर्यावरण खतरामा छ । विश्वमा बार्षिक ४.८ टन हरितगृह ग्याँस उत्सर्जन भइरहेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । तापक्रमलाई सन्तुलन राख्न हरितगृह ग्याँस उत्सर्जन दर बार्षिक २ टनमा झारनुपर्ने हुन्छ । बढदो औद्योगिकरण र सहरीकरणका कारण त्यो असम्भव छ । यस खालको पुँजिबादी सम्पन्नताको दौड तव सकिनेछ जब प्राकृतिक स्रोत, मानव लगाएत सबै सजिव प्राणीहरुको अस्तित्व समाप्त हुनेछ । यहि पुँजिबादी सम्पन्नताको दौडमा अन्धभक्त भएर दौडिने वा मानव सहितको सन्तुलित पर्यावरण संरक्षणमा केन्दीकृत हुने ? भविष्य प्रति सचेत र विवेकशिल प्राणीले स्वस्थ चिन्तन गर्नुपर्ने विषय यहि हो । मानिस यसमा जिम्मेवार हुनै पर्दछ । त्यसैले अब कतै पुँजिबादी सम्पन्ताको विकल्प खोजीनु पर्ने अवस्था आएको त हैन ? विचारणीय प्रश्न यो हो ।

विश्वव्यापी रुपमा बढदो सहरीकरण, औद्योगिकरण, आधुनिक जीवनशैली लगाएतका कारण प्राकृतिक स्रोत साधनको बार्षिक उपभोग्य दर चरम उत्र्सगमा पुगेको छ । जुन प्रकृतिमा पुर्न नविकरण एवं उत्पादन हुने समय पनि क्रमिक रुपमा बढदो छ । वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा बढदा जलवायु परिर्वतन, उष्णता, तापक्रममा वृद्धि, केही जीवहरु लोभ हुनु, नयाँ–नयाँ भाइरस तथा व्याक्टेररियाको उत्पति जस्ता परिघटनाले मानव समाजलाई अप्ठेरोमा पादै आएका छन् । हाल चिनको वुहानमा उत्पन्न भएको नोवेल कोरोना नामक भाइरसले विश्वका करिव २१५ देशलाई आक्रान्त तुल्याएको छ । मानव समुदायलाई ठुलो चुनौतीका रुपमा अगाडी देखा परेको छ । नोवेल कोरोनाबाट लाग्ने कोभिड १९ रोगका कारण हालसम्म विश्वमा लाखौ संक्रमित छन, लाखौको ज्यान गएको छ भने अस्पतालमा उपचार नपाएर छटपटी रहेका पनि कम छैनन् । यस खालका महामारी निम्त्याउने कार्य स्वंयम मानव जाती कै अनियन्त्रित प्रकृतिमाथीको उपभोग नै हो । प्रकृति नै मानव जीवन हो, यसको रक्षा गर्नु नै मानव जातीको रक्षा गर्नु हो भन्ने कुरा मननिय भएको छ ।

हाम्रा अति आवश्यक प्राकृतिक चिज हावा, पानी, घाम जस्ता सबै पर्यावरणिय प्रदुषणबाट अलग रहन सक्ने अवस्था रहेन । विभिन्न शास्त्र र दर्शन एवं मुल्य मान्यताले पुज्नै सिकाएका छन तर व्यवहारमा विपरित किन हुदैछ ??? यसको एउटै कारण हो, मानिसमा जागृत भएको उच्च विलाषिताको जीवनस्तर हाँसिल गर्ने । त्यसका लागी प्राकृतिक स्रोतमा वढी भन्दा वढी अतिक्रमण आवश्यक भयो । मानिसका लुवाइखुवाई, रहनसहन, भेषभुषा लगााएतका सास्कृतिक पक्षहरुमा विलाषिताले गाँजेको छ । यसबाट पर्यावरण नै प्रभावित भएको अवस्था छ । पर्यावरणमा असन्तुलन पैदा भएको छ ।

प्रकृतिमाथीको बढदो दवाव र जलवायु परिवर्तनको असरलाई निहाल्दै प्रसिद्ध बैज्ञानिक स्टेफन हकिंसले नयाँ पृथ्वीको खोजी गर्नुपर्ने सुझाव दिइएका थिए । पछिल्लो समय वायुमण्डलमा कार्वनको घनत्व ४०० पिपिएम नाघेको छ । विश्बका बैज्ञानिकको मुख्य चिन्ताको विषय नै बनेको छ तर विश्वको शक्तिशाली राष्टका राष्ट प्रमुख पर्यावरण विग्रिन्छ भन्ने सोचाई नै गलत भएको ठम्याइ गरेका छन् । जलवायु परिवर्तन न्यनिकरण एवं नियन्त्रणका लागी महत्वपुर्ण मानिएको पेरिस सम्झौताबाट समेत संयुक्त राज्य अमेरीका बाहिएको छ । यसबाट विकशित राष्टहरु जलवायु परिवर्तनको रोकथामका नाममा सञ्चालित कार्वन व्यापार मार्फत थप पुँजि निर्माण र आफनो प्रभाव बढाउने तर्फ उध्दत देखिन्छन ताकी पर्यावरण सन्तुलनका लागी होइन । वर्तमान मानव समाजमा देखा परेका पर्यावरणीय संकट, गरिवी, वेरोजगारी, पछौटेपन, जलवायु परिवर्तन, महामारी जस्ता विविध समस्याहरुको क्षेत्रगत रुपमा समाधान खोज्नु गलत छ । यी सबै समस्याको केन्द्र राजनीति हो अर्थात समस्याको मुहान राजनीति हो । त्यसो भएकोले दीर्घकालिन रुपमा राजनीतिक समाधान नभए सम्म समस्याहरु कायम रहने निश्चित छ । समस्या एकातिर समाधान अर्कोतिर खाजेर पर्यावरण तथा समग्र मानवजातीले उन्मुक्ति पाउने अवस्था रहेन । सवैको प्रयत्न अव मुहान सफा गर्ने तर्फ केन्दीकृत हुन आवश्यक भएको छ । समयको माग पनि हो ।

अन्त्यमा, प्रकृति र मानवजाती विचको पारस्पारिक सम्बन्ध अत्यन्तै घनिभुत रहेको छ । सन्तुलित पर्यावरणिय पद्धति कायम राख्न वर्तमान समाजका अर्थव्यवस्था र संस्कृतिको ढाँचामा परिवर्तन गर्नुपर्ने निश्चित भएको छ । यसका लागी सामाजिक एवं राजनैतिक तवरबाट उचित प्रयत्न चाहिन्छ । त्यसैले हामी हरेक मानिसले आफनो स्थानबाट गतिलो प्रयास थालौ, जसबाट मानव सहितको सुन्दर प्रकृतिको निर्माण गरौ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७