२७ भाद्र २०८१, बिहिबार

सिमकोट बजारमा नयाँ नयाँ ढल, ढलले गर्दा बजारभरी फोहोरको भल

Khabarsabaiko शुक्रबार, साउन २३, २०७७

हुम्ला–सिमकोट बजार बनोटका हिसाबले सुन्दर छ । साँघुरा गल्लीका फरक फरक बाटोहरू छन् । जसले गर्दा बजारमा जाम पनि कमै हुन्छ । तर सिमकोट बजार क्षेत्रमा १४ मिटरको बाटो चौडा गर्न भनिए तापनि यहाँ मनलाग्दी हिसाबले सात मिटर चौडाको बाटो निर्माण भएको छ ।

त्योभन्दा पनि मुख्य समस्या नालाको छ । शुरुमा निर्माण गरिएका नालाहरू पुनःमर्मत गरी झनै साँघुरो बनाइएको छ ।

बजार सुन्दर शान्त भए पनि नालाहरू फोहोरभन्दा पनि अति फोहोर छन् । हुम्ला जिल्लाको मुटु मानिने सिमकोट बजार क्षेत्रको नालाहरूले मानिसदेखि पशुपन्छीसम्म सबैका लागि हिडडुल गर्न घामपानी दुबैमा गाह्रो भएको छ । यताउता आजतजावत गर्ने बटुवाहरूले छि छि दुर दुर गर्दै नाक थुनेर हिंडनु पर्ने अवस्था छ ।

सिधा कुरा गर्नु पर्दा असारसँग आउने विकासले त न विकास दिएको छ । न निकास मात्रै उपभोक्ता समिति गठन गरेर अध्यक्ष भएर रकम खाने र ख्वाउने दाउमा लागेका छन् ।

सिमकोट गाउँपालिकाले बजारलाई नयाँ अवधारणा अनुसार बाटो फराकिलो र चौडा बनाई ढल निकास गर्न भनिएको छ तर बजार क्षेत्रका नालाहरू दुर्गन्धित हुँदा वातवरणीय तथा मानवीय स्वास्थ्यमा पनि असर परेको छ । यसले गर्दा यस्तो फोहोर नालाहरूले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

फोहोर व्यवस्थापनमा नागरिक र सरोकारवाला निकायले ध्यान नदिँदा यो समस्याले निरन्तरता पाएको हो । अझै कति समयसम्म यसले निरन्तरता पाइरहेको हो ।

मुख्य सरोकारवाला निकायका रुपमा रहेको सिमकोट गाउँपालिकाले समेत दीर्घकालिन समाधानको उपाय ननिकाल्दा बजार क्षेत्रमा दुर्गन्धित बढेको स्थानीयबासीहरूले बताउने गरेका छन् ।

नागरिकहरूले पनि जानीजानी फोहोर वस्तुहरू जहाँ पायो त्यही फाल्दा ढल निकासका लागि बनेका नालाहरू फोहोर थुपार्ने डमपींग साइटका नमुना बनेका छन् । यसबाट नाला बन्द भएर ढलले सिमकोट बजारमा भल आउँन थालेको छ ।

नालाहरूमा घरायसी फोहोरवस्तु तरकारीका पात, प्लास्टिकका टुक्राहरू, रछ्यान कुडाकर्कट, हाडखोर र अन्य फोहोरवस्तुहरूले दिनप्रति दिन ढल दुर्गन्धित बन्दै गएका छन् ।

बजार व्यवस्थापन गर्ने गाउँपालिकाले समेत नागरिकहरूलाई सचेत गराउन सकेको छैन । गाउँपालिकाले चेतावनीपूर्वक फोहोर गर्नेलाई सचेत नगराउँदा यो समस्याले निरन्तरता पाएको अन्य सरोकारवालाहरुको भनाई छ ।

बजारका व्यवसायीहरूले आफनो पसल अगाडिको फोहोर उठाउनका लागि मासिक स्वास्थ्य तथा सरसफाइ कर मासिक रुपमा तिर्ने गरिन्छ ।

बजारमा लामो समयदेखि नउठाएको फोहोर र नालाहरू सफा नगरिदाँ समस्या दिनप्रति दिन बढदै गरेको स्थानीय व्यवसायीहरू बताउँदै आएका छन् । उनीहरूले भन्ने गरेका छन् कि बजारको सरसफाइ गर कि स्वास्थ्य सरसफाइ कर नउठाऊँ ।

कहिले काँही आफ्नो पसल अगाडिको फोहोर आर्फैँ सफा गर्छु, नाला भरिएको हुन्छ, दुर्गन्ध फैलिएको हुन्छ, सबै सफा गर्न सम्भव नै हुँदैन, सरोकारवालाहरूले वास्ता नगरेको हुम्ला उद्योग वाणिज्य संघ अध्यक्ष नाम्गेल तामाङको भनाई रहेको छ ।

यसबारेमा जिम्मेवार निकायले समयमै सचेत भएर आफु र अरुलाई बजार सरसफाइको काममा सक्रिय बन्नु पर्ने देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्